लिगलिग कोटमा साइकल दौड प्रतियोगिता

लिगलिग कोटमा साइकल दौड प्रतियोगिता


आइतवार, माघ १८, २०७७


लिगलिग कोटमा साइकल दौड प्रतियोगिता

लिगलिग कोटमा साइकल दौड प्रतियोगिता हुने भएको छ ।

आगामी फागुन ७ गते पालुङटार गाउँपालिका, सिरानचोक गाउँपालिका, लमजुङको राइनास नगरपालिकालाई समेत जोडेर ५५ किलोमिटर लामो साइकल दौड प्रतियोगिता आयोजना गर्न लागिएको पालुङटार नगरपालिकाका प्रमुख दीपकबाबु कँडेलले बताए । सिरानचोक कोट तत्कालीन गोरखा राज्यको रक्षा किल्लाको रुपमा रहेको थियो भने लमजुङको राइनास कोटबाट द्रब्य शाह लिगलिग कोट आएर त्यो क्षेत्र जितेर त्यहीँ राज्य गर्न थालेको भन्ने इतिहास पाइन्छ ।



सोही क्षेत्रलाई समेटेर साइकल दौडसम्बन्धी अन्तर्राष्ट्रिय मान्यतालाई समेत कायम राखी नेपाल साइक्लिङ संघको नियम अनुसार खेल खेलाउने तयारी गरिएको नगरपालिकाले जनाएको छ । कार्यक्रमा नेपाल टुरिजम बोर्ड र पालुङटार नगरपालिकालाई प्रायोजकको रुपमा राखिएको छ भने मुख्य आयोजक लिगलिग भिलेज स्पोर्टस् रहेको छ ।

पालुङटार नगरपालिकाका प्रमुख कँडेलले कोरोना भाइरसका कारण बाहृय पर्यटकहरूको संख्या अत्यन्त न्यून भएपछि आन्तरिक पर्यटन प्रवद्र्धनको लागि साहसिक खेल प्रतियोगिता आयोजना गरिएको जानकारी दिए । यसमा ऐतिहासिक लिगलिगकोटलाई केन्द्रमा राखेर प्रतियोगिता आयोजना गरिएको बताए ।

पालुङटार नगरपालिकाको लिगलिग कोटबाट सुरु हुने साइकल दौड प्रतियोगिता कुल ५५ किलोमिटरको हुने आयोजकले जनाएको छ । प्रजातन्त्र दिवस (फागुन ७) लिगलिगकोटबाट सुरु गरेर विभिन्न ठाउँ हुँदै फेरि लिगलिगकोटमा नै आएर अन्त्य गर्ने गरी कार्यक्रम तय गरिएको छ ।

प्रतियोगितामा सहभागी हुने नेपाली नागरिकाको लागि जनही १५०० रुपैयाँ, सार्कका नागरिकको लागि ५००० र सार्क मुलुकभन्दा बाहिरका नागरिकको लागि १० हजार रुपैयाँ सहभागिता शुल्क तिर्नुपर्ने व्यवस्था छ ।

सबैलाई सोही पैसाबाट खान र बस्नको व्यवस्था एवं डुम्रेबाट गाडीमा पिकअप गर्ने व्यवस्था समेत गरिएको छ । कार्यक्रममा कूल ३२ प्रतिस्पर्धीलाई पुरस्कृत गर्ने तयारी गरिएको छ । प्रायोजक पालुङटार नगरपालिका का अनुसार सबैभन्दा धेरै पाउनेले २५ हजार रुपैयाँदेखि न्यूनतम एक हजार रुपैयाँसम्मको पुरस्कार राशिको साथमा मेडललाई पुरस्कारको रुपमा तोकिएको छ ।

आगामी फागुन ७ गते पालुङटार स्थित लिगलिग कोटबाट सुरु हुने साइकल दौड गोरखा एवं लमजुङको विभिन्न स्थानमा परिक्रमा गर्दै लिगलिग कोटमा नै आएर सम्पन्न गरिने भएको छ । साइकल दौड बयापानी, मुकुनडाँडा, रिपगाउँ, आँपपिपल अस्पताल, पाथीभरा, मिर्दीखोला, भण्डारथोक, ओख्लेपुल, लमजुङको राइनेस नगरपालिका गरमबेसी, चेपे दोभान, पुरानो एयरपोर्ट, ताल पोखरी, राधाकृष्ण मन्दिर, पालुङटार नगरपालिका कार्यालय, हात्तीगौंडा, लुइँटेल गाउँ, बलडाँडा, बोहोरा गाउँ हुँदै फेरि लिगलिगकोट आइपुग्ने रुट तोकिएको छ ।

दौडमा सहभागी हुनको लागि माउन्टेनबाइक अनिवार्य गरिएको छ भने सहभागीलाई पालुङटारमा खान बस्नको व्यवस्था एवं डुम्रेदेखि गाडीमा पालुङटारसम्म लैजाने व्यवस्था पनि आयोजकले नै गरेको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda