जनमुखी उपभोक्ता सहकारीको अध्यक्षमा कट्टेल
जनमुखी उपभोक्ता सहकारीको अध्यक्षमा कट्टेल
जनमुखि उपभोक्ता सहकारी संस्था लि.को सातौ वार्षिक साधारण सभा एव चौथो अधिवेशन सम्पन्न भएको छ ।
गोरखा नगरपालिका–७ स्थित नयाँ बजारमाको सहकारी संस्थाको शनिबार साधारण सभा तथा अधिवेशनले नयाँ कार्यसमिति समेत चयन गरेको छ ।कपिलबाबु कट्टेलको अध्यक्षतामा ११ सदस्यीय संचालक समिति गठन गरिएको हो । समितिको उपाध्यक्ष तुलसा मरहट्टा, सचिव किशोर रेग्मी, कोषाध्यक्ष श्याम बहादुर तमाङ चयन गरिएको सहकारी संस्थाले जनाएको छ ।
समितिको सदस्यहरुमा पशुपती खत्री, माधव बाबु श्रेष्ठ, निल बहादुर घताने, भक्त राम राना मगर, सूर्यदेवी श्रेष्ठ, विष्णु प्रसाद श्रेष्ठ निर्विरोध चयन भएका छन् । एक जना महिलान सदस्य निर्वाचित कमिटील चयन गर्नेछ । त्यस्तै ऋषि राम सापकोटाको संयोजत्वमा ३ सदस्यीय लेखा समिति गठन गरिएको छ । जसको सदस्यहरु विश्वनाथ अर्याल र सुदिप उपरकोटी रहेका छन् ।
कार्यक्रमकै अवसरमा सस्थाको विभिन्न पदमा रहेर योगदान गरेबापत रामबाबु श्रेष्ठ र चन्चला ज्ञवालीलाई सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष कपिलबाबु कट्टेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी उपभोक्ता सहकारी संघ गोरखाका अध्यक्ष रिखी राम द्योराली, संस्थाका सचिव किशोर रेग्मी, वडा न ७ का वडा अध्यक्ष विष्णु प्रसाद श्रेष्ठ, रामबाबु श्रेष्ठ, गंगादत्त न्यौपाने, ऋषिराम लामिछाने लगायतको उपस्थिति रहेको थियो ।