प्रतिनिधिसभा विघटन विरुद्ध कांग्रेसका भातृ संस्थाको प्रद्धर्शन
प्रतिनिधिसभा विघटन विरुद्ध कांग्रेसका भातृ संस्थाको प्रद्धर्शन
प्रतिनिधिसभा विघटन विरुद्ध नेपाली कांग्रेसका भातृ संस्थाले जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गरेका छन् ।
सबै भातृसंस्थाको आयोजना मा सोमवार पुरानो बसपार्कमा बिरोध सभा भएको छ ।सभामा बोल्दै कांग्रेसकी केन्द्रीय सदस्य कमला पन्तले सरकारले गरेको प्रतिनिधी सभा बिघटन असंवैधानिक र अलोकतान्त्रिक भएको बताइन् ।
सभामा महिला संघकी जिल्ला अध्यक्ष मनकुमारी गुरुङ, नेविसंघका महामन्त्री बलदेव तिमल्सिना, काग्रेसका जिल्ला सदस्य ठाकुर भट्ट, दलित संघका केन्द्रिय सदस्य इश्वर परियार, किसान संघका अध्यक्ष बासु भट्ट, भुपु सैनिक संघका अध्यक्ष डिल बहादुर थापामगर लगायतले धारणा राखेका थिए ।
उनीहरुले मुलुकमा व्याप्त भ्रष्टचार बढेको, कोभिड–१९ नियन्त्रण र व्यवस्थापनमा सरकार असफल भएको आरोप लगाएका छन् ।