आन्तरिक पर्यटन पुनउत्थान जिल्ला स्तरीय समिति गठन
आन्तरिक पर्यटन पुनउत्थान जिल्ला स्तरीय समिति गठन
आन्तरिक पर्यटन पुनउत्थान जिल्ला स्तरीय समिति गठन भएको छ ।
जिल्ला सदरमुकाममाशनिबार भएको भेलाले साने गुरुङ संयोजक तथा राम बहादुर गुरुङ सहसंयोजक रहने गरी ११ सदस्यीय समिति गठन गरेको हो ।
सदस्यहरुमा अजिरकोट गाउँपालिकाका धन बहादुर गुरुङ, बारपाक सुलिकोटका खेमराज घले, चुमनुब्री गाउँपालिकाका बल बहादुर गुरुङ र आरुघाट गाउँपालिकाका टिकाराम आले मगर चयन भएका छन् । त्यस्तै भीमसेन थापा गाउँपालिकाका ठाकुर भट्ट, शहिद लखन गाउँपालिकाका कृष्ण बाबु श्रेष्ठ, धार्चे गाउँपालिकाका गणेश बहादु गुरुङ र गोरखा नगरपालिकाका हरी बहादुर गान्धारी चयन भएको समितिका संयोजक साने गुरुङले जानकारी दिए ।
गण्डकी र सिरानचोक गाउँपालिकाबाट उपस्थिीती नभएकाले उनीहरुलाई पछि मनोनित गरिने उनले बताए ।
यस्तै समितिका सल्लाहकारहरुमा जिल्ला समन्वय समितिका प्रवक्ता मान प्रसाद धिताल, पर्यटन व्यवसायी सुनार बहादुर गुरुङ, चलचित्रकर्मी वीरबल घले, होटल व्यवसायी कृष्ण प्रसाद लामिछाने र नागरिक समाज तर्पmबाट यदु प्रसाद अधिकारी रहेका छन् ।
पर्यटन क्षेत्रमा पूर्वाधारको विकास र लोपन्मुख हुदै गएका मौलिक सस्कृतिको संरक्षण गर्ने उदेश्यका साथ समिति गठन गरिएको गुरुङले बताए ।
जिल्लाभित्र आन्तरिक तथा बाह्य पर्यटकका लागि नयाँ गन्तव्यहरुको खोजि कार्यमा पनि समितिले सहयोग गर्ने बताइएको छ ।