दृष्टि क्षमता कम भएका बिद्यार्थीलाई चश्मा वितरण
दृष्टि क्षमता कम भएका बिद्यार्थीलाई चश्मा वितरण
गोरखा नगरपालिका–६ दरवारमार्गमा रहेको महेन्द्रज्योती माविका विद्यार्थीलाई चश्मा वितरण गरिएको छ ।
दृष्टि क्षमता कम भएका ११ जना बिद्यार्थीलाई चश्मा वितरण गरिएको हो । नेपाल नेत्रहिन पुनस्र्थापना परियोजनाले उनीहरुलाइ निशुल्क चश्मा उपलब्ध गराएको हो । गोरखा लायन्स आइ सर्जिकल सेन्टरमा आखाँ जाँच गराउँदा उनीहरुको दृष्टि क्षमता कम पाइएको र चश्माको आवश्यकता देखिएकाले सहयोग गरिएको परियोजनाका कार्यक्रम निर्देशक अमृत राइले बताए । सोमवार बिद्यालयमा एक कार्यक्रमका बिच वडाध्यक्ष नारायण बाबु अर्यालले बिद्यार्थीलाइ चश्मा वितरण गरेका छन् । कार्यक्रममा बोल्दै अर्यालले दृष्टि क्षमता कम भएका बिद्यार्थीलाइ चश्मा वितरणका लागी वडा स्तरमा कोष खडा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।