गुम्वा पुनर्निर्माणमा ढिलाइ नगरौँ
गुम्वा पुनर्निर्माणमा ढिलाइ नगरौँ
भूकम्प गएको झण्डै पाच वर्ष पछि गुम्वा पुननिर्माण शुरु भएको छ । भूकम्प गएको पाच वर्ष सम्म केहि गुम्वा मर्मत भएपनि पुननिर्माणको काम हुन सकेको थिएन ।
यो वर्ष नौ वटा गुम्वा पुननिर्माणका लागि पाँच करोड ४० लाख ८० हजार रकम विनियोजन भएको छ । यो रकम जिल्ला भर भूकम्पले भत्काएको गुम्वा पुननिर्माणका लागि प्रयाप्त होइन । तर विनियोजित रकमबाट वन्ने गुम्वाको पुननिर्माण समयमै गराउन सक्रियता देखाउनु पर्छ । बन्न वाकी गुम्वा पुननिर्माणका लागि पनि वजेट प्रवन्ध गर्न सवैको पहल जरुरी छ । पुननिर्माण हुने गुम्वाको मौलिकता र स्वरुप गुम्न नदिन अनुभवी प्राविधिक र यस सँग दक्ष कामदार प्रयोग गर्न सम्वन्धित निकायले ध्यान दिनुपर्छ । वर्षौ पुराना गुम्वाहरु जस्ताको तस्तै भावि पुस्तालाई देखाउन सके यसको गरिमा अझै वढ्छ ।
ढिलै भएपनी केहि गुम्वा पुननिर्माणको शुरुवात भएको छ । क्षतिग्रस्त वनेका गुम्वाहरु पुननिर्माणलाई पहिलो प्राथमिकता दिदै सवै गुम्वाहरु पुननिर्माणमा पहलकदमी र वजेटको ब्यवस्था गर्न जरुरी छ । विशेष गरि उत्तरी क्षेत्रमा भएको गुम्वा पुननिर्माणका जटिलताको अन्त्य गर्न सवैको हातेमालो जरुरी छ । यसमा प्रयोग गर्ने निर्माण सामाग्रीको गुणस्तरीयतामा पनि ध्यान दिउँ । गुम्वा पुननिर्माणमा स्थानीय र सम्वन्धित निकायले विशेष ख्याल पु¥याओस ।