निर्माण सम्पन्न नहुँदै एकीकृत वस्तीमा सर्न थाले भूकम्पपीडित

निर्माण सम्पन्न नहुँदै एकीकृत वस्तीमा सर्न थाले भूकम्पपीडित


शुक्रबार, फाल्गुन १४, २०७७


निर्माण सम्पन्न नहुँदै एकीकृत वस्तीमा सर्न थाले भूकम्पपीडित
uf]/vfsf] led;]g yfkf ufpkflnsf–% ju'jf l:yt nfdfrf}/df lgdf{0fflwg Plss[t j:tL . tl:j/ xl//fd pk|]tL–sflGtk'/

गोरखा : भीमसेन थापा गाउँपालिका –५ बगुवा स्थित लामाचौरको एकीकृत बस्ती निर्माणको काममा ढिलाइ भएको छ ।
२०७३ माघबाट निर्माण सुरु भएको बस्तीका घर कहिले निर्माण पूरा हुन्छ टुंगो छैन । भूकम्पपीडित १ सय ३८ घरधुरीका लागि निर्माण भइरहेको उक्त वस्तीमा हालसम्म ४० घर धुरीको मात्र छाना छाउने काम सकिएको छ । भूकम्पले चर्काएको घरमा जस्ताको छेको हालेर बसेका केही भूकम्पपीडित भने छाना राखेपछिको फिनिसिङ नहुँदैको घरमा सर्न थालेका छन् । टहरोको बसाइ सकसपूर्ण भएकाले ‘फिनिसिङ’ नहुँदैको घरमा सर्नु परेको बल बहादुर श्रेष्ठले बताए । ७७ वर्षीय श्रेष्ठ आफैंले बनाउने योजनाका साथ नयाँ घरमा सरेका हुन् । उनका अनुसार रंगरोगन, प्लास्टर लगायतको काम बाँकी छरु। त्यसका लागि अझैं ४ लाख रुपैयाँ लाग्ने भए पनि पैसा नभएको उनले जानकारी दिए । केही भूकम्पपीडित छाना राखेर घर सर्न हतारोमा छन् । बगुवाका सय जनाभन्दा बढी भूकम्पपीडित टहरो र चर्किएको घरमै जोखिम मोलेर बसिरहेका छन् । ‘पुरानो बस्ती छाड्नैपर्ने छ,’ स्थानीय नारायण श्रेष्ठले भने, ‘चाडै घर सर्ने योजना बनाएर छाना छाउने काम सुरु गरेको छु ।’ घर बनाउन झन्डै ९ लाख रुपैयाँ खर्च लागेको उनले बताए । ‘सरकारको ३ लाख रुपैयाँ अनुदान हो, अरू सबै आफैंले व्यवस्था गर्नुपर्नेछ, पैसा पर्याप्त नहुँदा पनि घर निर्माण समयमै हुन नसकेको हो,’ उनले भने । भूकम्पपीडितले आफ्नै सक्रियता र अगुवाइमा एकीकृत बस्ती निर्माणको काम शुरु भएको हो । भीमसेन थापा गाउँपालिका–५ वगुवास्थित रिठेपानी, धरमपानी, नयाँगाउँ र पाण्डेगाउँको बस्तीलाई २०७२ वैशाख १२ को भूकम्पले थिलथिलो बनायो । भौगर्भिक हिसाबले पनि पुरानो बस्ती बस्न अयोग्य भएपछि भूकम्पपीडितकै सक्रियतामा लामाचौरमा सामूहिक बस्ती निर्माणाधीन छ । १ सय ३८ घर निर्माणका लागि दुई सय रोपनी जग्गा खरिद गरेका स्थानीयले गोलप्रथाद्वारा घडेरी चयन गरेर बस्ती निर्माण सुरु गरेका हुन् । वैशाखसम्म छाना राख्ने योजनाका साथ काम भइरहेको एकीकृत मिलन बस्ती पुनर्निर्माण तथा विकास समितिका उपाध्यक्ष कुमार श्रेष्ठले बताए । ‘बस्तीमा ढल, नाला लगायतका पूर्वाधार बनाउन अझै दुई वर्ष लाग्छ,’ उनले भने । विपन्न र आर्थिक अवस्था कमजोर रहेका ३० घरधुरी निर्माणको जिम्मा गैर सरकारी संस्थाले लिएको उनले बताए । एकीकृत बस्तीसँगै आधारभूत तहको विद्यालय, खेलमैदान, सामुदायिक भवन, पाहुना घर, बगैँचा लगायतका पूर्वाधार विकास गर्ने योजना समेत रहेको उनले जानकारी दिए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda