दोस्रो चरणमा करिव ५० हजारलाई कोरोनाको खोप
जेष्ठ नागरिक, शिक्षक र यातायात मजदुर समेटिने
दोस्रो चरणमा करिव ५० हजारलाई कोरोनाको खोप
गोरखा : ५५ बर्ष माथिका उमेर समूहका नागरिक, शिक्षक र सार्वजनिक यातायातका मजदुरलाइ लक्षित गरी यही फागुन २३ गतेबाट जिल्लामा कोरोना भाइरस बिरुद्धको दोस्रो चरणको खोप अभियान संचालन हुने भएको छ ।
अभियानका लागी सम्पूर्ण तयारी पुरा भएको स्वास्थ्य कार्यालयले जनाएको छ । जेष्ठ नागरिकलाइ पहिलो प्राथमिकतामा राखिएको कार्यालयका खोप कोल्डचेन निरिक्षक ऋषिराम खत्रीले बताए । ‘पहिलो चरणमा जेष्ठ नागरिकलाइ खोप लगाउछौ,’ उनले भने, ‘जेष्ठ नागरिक मध्य पनि पहिलो प्राथमिकतामा ६५ बर्ष उमेर माथिका नागरिक पर्नुहुन्छ ।’ ५५ बर्ष माथिका कुल ४४ हजार ६५३ जनालाइ खोप लगाउने लक्ष्य रहेको उनले बताए । दोस्रो चरणको खोप अभियानमा सामुदायिक तथा नीजि बिद्यालयका शिक्षक र सार्वजनिक यातायातका मजदुर पनि समेटिनेछन् । ३ हजार ६ शय ५७ शिक्षक र ८ शय ६८ यातायात मजदुरलाइ खोप लगाउने लक्ष्य रहेको खत्रीले बताए । स्थानीय तहको प्रत्येक वडामा रहेको स्वास्थ्य चौकीमा गएर खोप लगाउन सकिने कार्यालयले जनाएको छ । ‘सवै स्वास्थ्य चौकीमा केन्द्र हुन्छ, त्यही गएर खोप लगाउन सकिन्छ,’ उनले भने । आवश्यक खोप आइसकेको र वाडफाडको तयारी भइरहेको उनले बताए । तीन दिन सम्म अभियान संचालन हुने बताइएको छ ।
कार्यालयका अनुसार खोप अभियानका लागी करिव चार सय स्वास्थ्यकर्मी खटिने छन् । उनीहरुलाइ अभिमुखिकरण गर्ने तयारी भइरहेको कार्यालयले जनाएको छ । पहिलो चरणको अभियान अन्तरगत जिल्लाका चार हजार भन्दा बढीलाइ कोरोना भाइरस बिरुद्धको खोप लगाइएको थियो ।