महिला उद्यमी बिकास समितिमा शुशिला
महिला उद्यमी बिकास समितिमा शुशिला
गोरखा : गोरखा उद्योग वाणिज्य संघ महिला उद्यमी बिकास समितिको नयाँ कार्यसमिति चयन भएको छ ।
शनिवार भएको नवौ साधारणसभा तथा चौथो अधिवेशनले शुशिला श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । जसको उपाध्यक्षमा शुष्मा श्रेष्ठ, सचिव जुनाकुमारी विश्वकर्मा, सहसचिव सादरा खत्री, कोषाध्यक्ष रिता श्रेष्ठ र सह–कोषाध्यक्षमा रुपा गुरुङ रहेका छन् । सदस्यहरुमा सरिता मास्के, कल्पना श्रेष्ठ, सुकु राना, सिर्जना पाण्डे (बस्नेत), बिमा गुरुङ र रञ्जु घिमिरे रहेको समितिकी पूर्व अध्यक्ष बिष्णु मास्केले बताइन् । कार्यक्रमकै अवसरमा महिला उद्यमी अप्सरा थापा मगर सम्मानित भएकी छिन् । गोरखा नगरपालिका–५ नाम्रुङकी मगरलाइ दोसल्ला ओडाएर कदरपत्रले सम्मान गरिएको मास्केले जानकारी दिइन् । उनले ठुलो आगँनमा ढाका पसल संचालन गर्दै आएकी छिन् । समितिकी निवर्तमान अध्यक्ष रिता रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाका मेयर राजन राज पन्त, उपमेयर बिना कुमारी श्रेष्ठ, समितिकी संस्थापक अध्यक्ष देवु मास्के, गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष जीवनज्योती श्रेष्ठ, संघका पूर्व अध्यक्ष श्रवण कुमार जोशी लगायतले मन्तव्य राखेका थिए ।