बिन्ध्यावासिनीमा पर्यटन पूर्वाधारको काम अघि बढ्यो
बिन्ध्यावासिनीमा पर्यटन पूर्वाधारको काम अघि बढ्यो
गोरखा : गोरखा नगरपालिका–३ नारेश्वर स्थित बिन्ध्यावासिनी मन्दिरमा पर्यटन पूर्वाधार निर्माणको काम अघि बढेको छ । गत बर्ष गोरखा नगरपालिकाबाट विनियोजित दश लाख रकमले मन्दिर परिसरमा पोखरी निर्माण गरिएको छ । ‘गत बर्ष पोखरीमा ढुङ्गा छापेर वरपर रेलिङ र वत्ति राख्ने काम ग¥यौ,’ निर्माण समितिका अध्यक्ष बाबुराम श्रेष्ठले भने, ‘यो बर्ष मन्दिरको छाना, पार्टी र गेट बनाउछौ ।’ पूर्वाधार निर्माणका लागी यो बर्ष नगरपालिकाबाट १५ लाख बजेट विनियोजन भएको उनले बताए । उक्त कामका लागी श्रेष्ठको अध्यक्षतामा नयाँ निर्माण समिति पनि गठन भएको छ । शनिवार गठन भएको समितिको सचिवमा शितलबाबु श्रेष्ठ र कोषाध्यक्षमा चन्द्रकला श्रेष्ठ रहेका छन् । सदस्यहरुमा इच्छा थापा, तारा बहादुर खड्का, गणेश बहादुर थापा र शुशिला श्रेष्ठ रहेका छन् । समितिले छिटै काम शुरु गर्ने जनाएको छ ।