लाकुरीस्वाँरा–फिनाम सडक पाँच बर्षपछि कालोपत्रे हुदैँ

लाकुरीस्वाँरा–फिनाम सडक पाँच बर्षपछि कालोपत्रे हुदैँ


आइतवार, चैत्र १, २०७७


लाकुरीस्वाँरा–फिनाम सडक पाँच बर्षपछि कालोपत्रे हुदैँ

गोरखा : ठेक्का सम्झौता भएको पाँच बर्षपछि लाकुरीस्वाँरा–फिनाम सडक कालोपत्रेको काम शुरु भएको छ ।
गोरखा–आरुघाट खण्डमा पर्ने उक्त सडक कालोपत्रेका लागी २०७२ सालमा ठेक्का सम्झौता भएको थियो । तर ठेकेदारको लापरवाही र रकम अभावका कारण काम हुन नसकेको एघार किलो भालुस्वाँरा बारपाक सडक आयोजनाले जनाएको छ । ‘तीन किलोमिटर सडक कालोपत्रेका लागी दुई करोड ६० लाखमा काष्ठमाण्डप कन्स्ट्रक्सन प्रालिसँग सम्झौता ग¥यौ,’ कार्यालयका निमित्त प्रमुख राजेश कुमार यादवले भने, ‘पहिलो बर्ष अलिअलि काम भयो, तर दोस्रो बर्षबाट रकम पनि आएन, काम पनि भएन ।’ सडक बिभाग मार्फत अर्थ मन्त्रालयसँग हारगुहार गरेपछि अहिले ६० लाख रकम विनियोजन भएको र काम शुरु गरिएको उनले बताए । थप ३० लाख रकम अझै अपुग रहेको उनको भनाइ छ । ‘दुइ करोड ६० लाखमा निर्माण कम्पनीले काम गरेवापत एक करोड ७० लाख लगिसक्यो, बाँकी ९० लाख अपुग थियो, ६० लाख आयो, अझै ३० लाख अपुग छ,’ उनले भने । काम सम्पन्न भएपछि थप आवश्यक बजेट बिभागसँग माग गर्ने उनले जानकारी दिए । उक्त सडक कालोपत्रेका लागी अन्तिम पटक थप भएको म्याद अनुसार गत असारमा काम सक्नुपर्ने थियो । तर रकम अभावकै कारण काम हुन नसकेको यादव बताउछन् । प्रदेशमा हस्तान्तरण हुनुपर्ने उक्त योजना रकम छैन भन्दै प्रदेशले लिन नमानेपछि संघबाटै रकम मागेर काम शुरु गरिएको उनले बताए । हाल कालोपत्रेको काम शुरु भएको छ ।
१५ दिनभित्र लाकुरीस्वाँरा देखि फिनामको एस मोडसम्मको सडक कालोपत्रे भइसक्ने यादवले जानकारी दिए । डिविएसटी प्रविधीबाट कालोपत्रे भइरहेको उनको भनाइ छ । यसअघि नै कालोपत्रे हुनुपर्ने उक्त सडकमा स्थानीयले निकै सास्ती भोग्दै आएका थिए । कालोपत्रे भएसँगै आवत जावतमा सहज हुने भन्दै स्थानीयले खुशी व्यक्त गरेका छन् ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda