शहिद लखनका युवालाई मोवाइल तालिम
शहिद लखनका युवालाई मोवाइल तालिम
चैत्र २, गोरखा । शहिद लखन गाँउपालिका मा भएको मोवाइल मर्मत तालिम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग कार्यालयको आयोजनामा तालिम भएको हो । ४५ दिनसम्म संचालन भएको तालिममा बिभिन्न वडाका २० जना युवाहरुको सहभागीता रहेको वडा नम्वर ७ का अध्यक्ष शरण श्रेष्ठले बताए ।
तालिम अवधिभर गोरखा सदरमुकाम स्थित कालिका मोवाइल मर्मत तथा बिक्री केन्द्रका प्रोपराइटर दिनेश दानीले प्रशिक्षण गरेका थिए । घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख दिनेश पौडेलको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा जनप्रतिनिधी, राजनीतिक दलका प्रतिनिधी लगायतको उपस्थिती रहेको थियो ।