कैदीवन्दीको क्षयरोग र एचआइभी परिक्षण
कैदीवन्दीको क्षयरोग र एचआइभी परिक्षण
चैत्र ३, गोरखा क्षयरोग परिक्षणका लागी गोरखा कारागारका कैदीवन्दीहरुको खकारको नमूना संकलन गरिएको छ । १६ जनाको नमूना संकलन गरेर गोरखा अस्पतालमा परिक्षण भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
‘कारागारमा रहेका १ शय १६ कैदीवन्दीमा क्षयरोगको लक्षण छ की छैन भनेर पहिले उनीहरुको शारिरिक जाँच ग¥यौ,’ कार्यालयका निमित्त प्रमुख नरजंग ठकुरीले भने, ‘१६ जनामा लक्षण भएको शंका लागेपछि उनीहरुको खकारको नमूना संकलन गरेर परिक्षण गरेका हौ ।’ कैदीवन्दी हरुको एचआइभी संक्रमणको परिक्षण पनि गरिएको उनले बताए । ‘उनीहरुमा एचआइभी संक्रमण छ की छैन भनेर ८३ जनाको टेष्ट किटबाट परिक्षण ग¥यौ, रिपोर्ट आउन बाँकी छ,’ उनले भने ।
क्षयरोग र एचआइभीको बारेमा स्क्रिनिङ तथा जाँच र त्यससँग सम्बन्धित भेदभाव र लान्छाना न्यूनिकरण कार्यक्रम अन्तरगत चार दिन विभिन्न गतिविधी संचालन गरिएको कार्यालयका निमित्त प्रमुख ठकुरीले बताए । सोही कार्यक्रम अन्तरगत कारागारमा खटिएका सुरक्षाकर्मी, कर्मचारी तथा कैदीवन्दीहरुलाइ एचआइभी संक्रमण र संक्रमितलाइ गर्ने व्यहारमा परिवर्तन कसरी ल्याउन सकिन्छ भन्ने बारे सहजिकरण पनि गरिएको छ । कार्यालयका जनस्वास्थ्य अधिकृत नवराज खड्का र गोरखा कारागारका निमित्त जेलर एवं जनस्वास्थ्य निरिक्षक मोतिलाल बिश्वकर्माले सहजिकरण गरेका थिए ।