स्थानीय तहको प्रशासनिक भवन : कतै ठडिदै, कतै जग्गा खोजी, कतै भाडामा

स्थानीय तहको प्रशासनिक भवन : कतै ठडिदै, कतै जग्गा खोजी, कतै भाडामा


बिहिबार, चैत्र ५, २०७७


स्थानीय तहको प्रशासनिक भवन : कतै ठडिदै, कतै जग्गा खोजी, कतै भाडामा

चैत, ५ गोरखा : जिल्लाका एघारमध्य तीन स्थानीय तहको कार्यालय भाडामा संचालन हुदै आएको छ ।
सिरानचोक, धार्चे र चुमनुव्री गाउँपालिकाले भवन भाडामा लिएर कार्यालय संचालन गर्दै आएका छन् । जग्गा प्राप्ती नभएका कारण भवन निर्माणको काम अघि बढ्न नसकेको चुमनुव्री गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भिमसेन श्रेष्ठले बताए । अहिले वडा नम्वर ३ सिर्दिवासमा भाडामा कार्यालय संचालन भइरहेको उनले जानकारी दिए । ‘कृषि र पशु कार्यालयको नाममा यहाँ जग्गा छ, त्यही जग्गामा भवन बनाउने भन्ने हो,’ उनले भने, ‘जग्गा प्राप्त नभएकाले काम अघि बढाउन सकिएको छैन ।’
कार्यालय संचालनका लागी अस्थायी ट्रष्ट निर्माण गर्न सिरानचोक गाउँपालिकाले एक करोड ८५ लाख रकम विनियोजन गरिसकेको छ । भवन निर्माणका लागी चित्रेपोखरीमा २८ रोपनी जग्गा स्थानीयले निशुल्क उपलब्ध गराइसकेका छन् । तर गाउँपालिकाको केन्द्र विवादको बिषयलाइ लिएर अदालतमा मुद्धा परेसँगै काम प्रभावित बनेको गाउँपालिका अध्यक्ष राजु गुरुङले बताए । यसअघि छोप्राकमा रहेको गाउँपालिकाको कार्यालय चित्रेपोखरी सार्ने निर्णयको बिरोधमा गाउँपालिका बिरुद्ध अदालतमा मुद्धा परेको हो । ‘चित्रेपोखरीमा गाउँपालिकाको प्रशासनिक भवन बनाउने भन्ने थियो, तर मुद्धा परेपछि गाउँपालिकाको कार्यालय छोप्राकको मैदानमै छ, चित्रेपोखरी मा बिस्तारित सेवा प्रवाह स्थल बनाएर सेवा प्रवाह गरिरहेका छौ ।’ छोप्राक र चित्रेपोखरी दुवै ठाउँमा भवन भाडामा लिएर सेवा प्रवाह भइरहेको उनले बताए ।
प्रशासनिक भवन निर्माणका लागी ठेक्का सम्झौता गरिसकेको धार्चे गाउँपालिकाले पनि वडा नम्वर ५ माछाखोलामा भाडामा कार्यालय संचालन गर्दै आएको छ । ‘अहिले अस्थायी संरचनाको भवन भाडामा लिएर कार्यालय संचालन गर्दै आएका छौ,’ गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले भने, ‘अव छिट्टै भवन निर्माणको काम शुरु हुन्छ ।’ करिव दश करोडको लागतमा भवन बन्ने उनले बताए ।
शहिद लखनले पनि प्रशासनिक भवन निर्माणका लागी ठेक्का सम्झौता गरिसकेको छ । वडा नम्वर ६ घैरुङ पिपलछापमा करिव आठ करोडको लागतमा भवन बन्ने गाउँपालिका अध्यक्ष रमेश थापा मगरले बताए । गाउँपालिकाले करिव २८ लाख खर्चेर घैरुङमा निर्माण गरेको अस्थायी भवनमा हाल कार्यालय संचालन हुदै आएको छ ।
भीमसेन थापा गाउँपालिकाले भवन निर्माणका लागी टेण्डर प्रक्रियामा जाने तयारी गरिरहेको छ । भवन निर्माणका लागी आवश्यक जग्गा खरिद भइसकेको गाउँपालिका अध्यक्ष इश्वर पाण्डेले बताए । हाल वडा नम्वर ५ खान्चोकमा अस्थायी संरचना निर्माण गरेर कार्यालय संचालन हुदै आएको छ । ‘अहिले कार्यालय संचालन भएको ठाउँमा पहिले स्कुल थियो, हामीले स्कुल अन्त बनाइदियौ, त्यही स्कुल भएको चार रोपनी जग्गामा अस्थायी भवन बनायौ, नयाँ भवन बनाउनका लागी सँगै जोडिएको व्यक्तिको तीन रोपनी जग्गापनि किनिसकेका छौ,’ गाउँपालिका अध्यक्ष पाण्डेले भने । करिव ६ करोडको लागतमा भवन निर्माण हुने उनले बताए । यसअघि भाडामा कार्यालय संचालन गर्दै आएको अजिरकोट गाउँपालिका ले वडा नम्वर ३ भच्चेकको अजिरकोट डाँडामा प्रिफ्याव भवन निर्माण गरेको छ । करिव दुइ करोडको लागतमा निर्माण भएको उक्त भवनमा गत भदौ महिनाबाट कार्यालय संचालन गरिएको गाउँपालिका अध्यक्ष फणिन्द्र धितालले बताए । ‘भवन निर्माणका लागी त्यो ठाउँको दश रोपनी जग्गा लिएका हौ, तीन रोपनीमा प्रिफ्याब भवन बनायौ, बाँकी ठाउँमा पक्की भवन बनाउछौ,’ उनले भने । भवन निर्माणका लागी जग्गाको डिपिआर तयार भइसकेको उनले जानकारी दिए । पक्की भवन बनेसँगै हाल निर्माण गरिएको प्रिफ्याव भवन बिषयगत शाखा र कर्मचारी आवासको रुपमा प्रयोग गरिने उनले जानकारी दिए ।
भवन निर्माणका लागी जग्गा खोजी भइरहेको गण्डकी गाउँपालिका ले जनाएको छ । वडा नम्वर ६ मा हाल कार्यालय संचालन भएको ठाउँमै भवन निर्माण हुने गाउँपालिका अध्यक्ष होम बहादुर रानाले बताए । ‘पहिलेको गाविस भवन भएको ठाउँमा गाउँपालिका कार्यालय संचालन गर्दै आएका छौ,’ उनले भने, ‘अव त्यही ठाउँमा दश करोड खर्चेर नयाँ पक्की भवन बनाउछौ ।’
पालुङटार नगरपालिका र बारपाक सुलिकोट गाउँपालिकामा प्रशासनिक भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । ६ करोड खर्चेर वडा नम्वर ५ मा भवन निर्माण गरिएको पालुङटार नगरपालिकाका मेयर दिपक बाबु कडेलले बताए । ‘पहिलेको गाविस भवनमा कार्यालय संचालन गर्दै आएका थियौ, त्यही नजिकै अहिले नयाँ भवन बनिरहेको छ, आधा कार्यालय नयाँ भवनमा सारिसकेका छौ, अव बैशाखमा पुरै कार्यालय सर्छ,’ उनले भने ।
आगामी आर्थिक बर्ष बारपाक सुलिकोट गाउँपालिकाको कार्यालय नयाँ भवनमा सर्ने प्रमुख प्रशासकिय अधिकृत गौतम भण्डारीले बताए । ‘गाउँपालिकाले किनेको ३५ रोपनी जग्गामा भवन बन्दैछ, आगामी मंसिर महिनासम्म म्याद भएपनि अगावै काम सकिने ठेकेदारले बताएको छ,’ उनले भने । चार करोड २४ लाख खर्चेर भवन निर्माण गरिएको उनले बताए । दुई बर्ष भाडामा कार्यालय संचालन गरेको उक्त गाउँपालिकाले २०७६ सालमा बनाएको अस्थायी संरचनाबाट अहिले कार्यालय संचालन भइरहेको उनले जानकारी दिए । आरुघाट गाउँपालिकाले भने वडा नम्वर ९ मा रहेको साविकको गाविस भवनलाइ मर्मत गरेर कार्यालय संचालन गर्दै आएको छ । बुढीगण्डकी डुवानमा पर्ने भएकाले पक्की भवन निर्माणका लागी जग्गा प्राप्तीमा समस्या भएको प्रमुख प्रशासकिय अधिकृत एकदेव खनालले बताए । ‘अहिले कार्यालय संचालन भएको भवन डुवानमा पर्छ, नयाँ भवन बनाउनका लागी जग्गा खोजी भइरहेको छ, तर जग्गा अति महँगो भनेकाले खरिद गर्न सकिएको छैन,’ उनले भने । गोरखा नगरपालिकाको भने यस अघि नै रहेको पक्की भवनबाट कार्यालय संचालन हुदै आएको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda