लायन्स क्लबमा खत्री
लायन्स क्लबमा खत्री
गोरखा : लायन्स क्लब अफ गोरखाको बर्ष २०२१/२२ का लागी चन्दनबाबु खत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
समितिको प्रथम उपाध्यक्षमा लक्ष्मणबाबु आचार्य, द्धितिय उपाध्यक्ष भगवानबाबु मास्के, तृतिय उपाध्यक्ष सुजन कुँवर, सचिव अयोध्या जोशी, र कोषाध्यक्षमा सन्देश मास्के चयन भएका छन् । क्लव प्रशासकमा कपिलबाबु अर्याल, लायन्सको एलसिआईएफ चेयरपर्सन श्रवण कुमार जोशी, मेम्बरसिप चेयरपर्सन शरद श्रेष्ठ, क्लव सर्भिस चेयरपर्सन गोबिन्द गुरुङ, क्लव मार्केटिङ कम्यूनिकेसन चेयरपर्सनमा सञ्जय अधिकारी रहेको क्लबका बर्ष २०२०/२१ का अध्यक्ष श्यामबाबु श्रेष्ठले बताए । डाईरेक्टरमा अस्मकबाबु श्रेष्ठ, योङ कुमार श्रेष्ठ र सल्लाहकारमा अच्युतलाल श्रेष्ठ रहेको उनले जानकारी दिए ।