करेन्ट लगाएर माछा मार्ने तीन पक्राउ
करेन्ट लगाएर माछा मार्ने तीन पक्राउ
गोरखा चैत्र,१० गोरखा नगरपालिका–१० छेवेटार स्थित दरौदी नदिमा करेन्ट लगाएर माछा मार्ने तीन जना पक्राउ परेका छन् । पालुङटार नगरपालिका–१ का बिमल गुरुङ, सुजन कुमाल र गणेश नगर्चीलाइ आइतवार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
दिउँसो दुई बजेको समयमा माछा मार्न प्रयोग हुने उपरकरण ब्याट्री लगायतका सामानहरु सहित नदी किनारमा हिडीरहेको अवस्थामा उनीहरुलाइ पक्राउ गरिएको डिएसपी प्रकाश दाहालले बताए । सोधपुछ गर्दा उनीहरुले प्रहरीसँग वादविवाद समेत गरेको बताइएको छ ।
उनीहरु बिरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसूरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको डिएसपी दाहालले जानकारी दिए ।