‘डवल मेन्स व्याडमेन्टन’ प्रतियोगीता शुरु
‘डवल मेन्स व्याडमेन्टन’ प्रतियोगीता शुरु
गोरखा चैत्र, ११ जिल्ला सदरमुकाममा मंगलवारबाट ‘डवल मेन्स व्याडमिन्टन’ प्रतियोगीता शुरु भएको छ । रोटरी क्लब अफ बज्र मनासलुको आयोजनामा भएको प्रतियोगिता अन्तरगत मंगलवार १६ खेल भएका छन् ।
कुल ३६ टिम सहभागी रहेको उक्त प्रतियोगीतामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश पाँच हजार, तीन हजार र दुई हजार नगद पुरस्कारको साथमा कप, मेडल र प्रमाणपत्र पाउने खेल संयोजक सुजन श्रेष्ठले बताए । क्लबको बार्षिक कार्ययोजनाको फेलोसिप कार्यक्रम अन्तरगत प्रतियोगीता गरिएको बताइएको छ ।
कोभिड–१९ बाट आक्रान्त भएको बेला प्रतियोगीता बाट मनोपरामर्श दिने उदेश्य समेत रहेको क्लबले जनाएको छ । प्रतियोगीता चैत्र १२ गतेसम्म चल्नेछ । क्लवका अध्यक्ष विष्णु राना मगरको अध्यक्षता तथा गोरखा नगरपालिकाका मेयर राजनराज पन्तको प्रमुख अतिथ्यतामा प्रतियोगतिाको उद्घाटन कार्यक्रम भएको हो ।