एक करोड ६२ लाख खर्चेर गोरक्षनाथ मन्दिर निर्माण हुने
एक करोड ६२ लाख खर्चेर गोरक्षनाथ मन्दिर निर्माण हुने
गोरखा चैत्र, १२ गोरखा नगरपालिका–९ आहालडाँडामा गोरक्षनाथ मन्दिर निर्माण हुने भएको छ । शिखर शैलीमा निर्माण हुने उक्त मन्दिरको यही चैत्र १५ गते शिलन्यास गरिने गोरक्षनाथ आश्रम व्यवस्थापन समितिले वुधवार पत्रकार भेटघाटगर्दै जानकारी दिएको छ ।
एक करोड ६२ लाखको लागतमा मन्दिर निर्माण हुने समितिका अध्यक्ष होम सिं बस्न्यातले बताए । करिव ५ सय १४ रोपनी जग्गा आश्रमको नाममा रहेको र सोही जग्गामा मन्दिर निर्माण गर्न लागिएको उनले जानकारी दिए । सो क्षेत्रमा योगशाला, गौशाला, प्रवचन कक्ष, ध्यान केन्द्र समेत बनाउने योजना रहेको बताइएको छ ।
सबै संरचना निर्माणका लागी करिव ६ करोड लाग्ने अनुमान गरिएको छ । यस अघि गण्डकी प्रदेश सरकारबाट प्राप्त भएको पाँच लाख रकमले यज्ञशाला निर्माण गरिएको बस्न्यातले जानकारी दिए ।