कराँते प्रतियोगीतामा गोरखालाई दुई स्वर्ण, दुई रजत
कराँते प्रतियोगीतामा गोरखालाई दुई स्वर्ण, दुई रजत
चैत, १७ गोरखा : काठमाण्डौमा भएको छैठौ धन बहादुर महर्जन मेमोरियल अफिसियल कराँते प्रतियोगीतामा गोरखाले दुई स्वर्ण, दुई रजत र एक कास्य पदक जितेको छ ।
सितरियो कराँते तर्फको कुमुते फाइट तर्फ वमिन गुरुङ र अनिता घलेले स्वर्ण पदक जितेका हुन् । गुरुङले ५५ केजी तर्फ र घलेले ४५ केजी तर्फ पदक जितेका हुन् । त्यस्तै ३५ केजी तर्फ फिलेमन गुरुङ र ४५ केजी तर्फ बिजय आलेले कास्य पदक जितेको सितरियो कराँते गोरखा जिल्ला मेनडोजो प्रशिक्षक ग्याम्जो लामाले बताए । एकल काता तर्फ भने बुद्ध लामाले रजत पदक जितेको उनले जानकारी दिए ।