प्रहरीले निवेदन तथा उजुरी निशुल्क लेखिदिने
प्रहरीले निवेदन तथा उजुरी निशुल्क लेखिदिने
चैत १८ गोरखा : जिल्ला प्रहरी कार्यालयमा आउने सेवाग्राहीले निवेदन तथा उजुरी लेखाउन पैसा तिर्नु नपर्ने भएको छ ।
कार्यालयले मंगलवारबाट निशुल्क निवेदन तथा उजुरी लेख्ने काम शुरु गरेको छ । निवेदन तथा उजुरीका लागी सेवाग्राहीले महँगो शुल्क तिर्नुपरेको गुनासो बढेपछि निशुल्क सेवा थालेको डिएसपी प्रकाश दाहालले बताए । सेवाका लागी नागरिक सहायता कक्ष समेत स्थापना गरिएको छ । सहज र छिटो छरितो सेवा प्रवाह गर्न सहज हुने अपेक्षा प्रहरीको छ ।