नेपाल राष्ट्रिय शिक्षक संगठनको अधिवेशन सम्पन्न
नेपाल राष्ट्रिय शिक्षक संगठनको अधिवेशन सम्पन्न
गोरखा ः नेपाल राष्ट्रिय शिक्षक संगठन शहिद लखन गाँउपालिका को दोस्रो अधिवेशन सम्पन्न भएको छ । शनिवार भएको अधिवेशनले हेमबहादुर थापाको अध्यक्षतामा ११ सदस्यीय गाउँपालिका स्तरीय समिति गठन गरेको छ ।जसको उपाध्यक्षमा मिन बहादुर मल्ल, महिला उपाध्यक्ष गीतादेवी पाण्डे, सचिव अनुप वावु श्रेष्ठ र कोषाध्यक्षमा गोपाल ढकाल रहेको संगठनका जिल्ला सचिव सुदिप कट्टेलले बताए ।
कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले गण्डकी प्रदेश सदस्य बाबुराम थापा, गाँउपालिकाका–१ का वडाध्यक्ष दिप बहादुर केसी, नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय प्रतिनिधि परिषद सदस्य शिवराम कट्टेल, जिल्ला अध्यक्ष राम प्रसाद अर्याल, सहअध्यक्ष राजन कट्टेल, उपाध्यक्ष मेघनाथ लामिछाने लगायतले मन्तव्य राखेका थिए ।