बोलेरे जिप दुर्घटनामा दुईको मृत्यु, सात घाइते
बोलेरे जिप दुर्घटनामा दुईको मृत्यु, सात घाइते
चैत्र,२२ गोरखा बारपाक सुलिकोट गाउँपालिका–२ राङरुङमा बेलेरो जिप दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ । जीपमा सवार बाँकी सात जना घाइते छन् । मृत्यु हुनेमा लम्जुङ्गको दुधपोखरी गाउँपालिका बिचौरका ५५ बर्षिय रामेश्वर न्यौपाने र ४५ बर्षका ठाकुर दवाडी रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरुमा लम्जुङ बेशिशहरका २० बर्षीय सन्तोष तामाङ, दुधपोखरी गाउँपालिकाका ३० बर्षिय बिष्णु दवाडी, २८ बर्षिय अनिल मरहट्टा, १८ बर्षका अमृत दवाडी, २६ बर्षका बिष्णु न्यौपाने, २९ बर्षिय अमृत दवाडी र तनहूँ व्यास नगरपालिकाका ३६ बर्षिय शुशिल नराल रहेका छन् । उनीहरु मध्य न्यौपाने र मरहट्टालाइ थप उपचारका लागी चितवन रिफर गरिएको छ ।
बाँकीको गोरखा अस्पतालमा उपचार भइरहेको छ । बारपाकबाट वालुवा आउदै गरेको ना ५ च ३२९८ नम्वरको जिप सडकबाट करिव दुइ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।