सिद्धार्थ बनस्थलीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण
सिद्धार्थ बनस्थलीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण
गोरखा आरुघाट गाउँपालिका–१ मान्वु स्थित सिद्धार्थ वनस्थली आधारभूत बिद्यालयलाइ शैक्षिक तथा खेलकुदका सामग्री वितरण गरिएको छ । लाव्रि अ मेल नामक फ्रान्सेली संस्थाले उक्त सामग्री वितरण गरेको हो । शुक्रवार एक कार्यक्रमका बिच संस्थाका संयोजक इत्ता गुरुङले बिद्यालय व्यवस्थापन समिति अध्यक्ष भीमराज गुरुङ सामग्री हस्तान्तरण गरेका हुन् ।
बिद्यार्थीका लागी कापी, कलम, जोमेटिबक्स, फुटवल, भलिवल, ब्याडमिन्टन लगायतका सामग्री सहित दश थान ह्वाइबोर्ड सहयोग प्राप्त भएको गुरुङले बताए । विगत दुइ बर्षदेखि बिद्यालयलाई सहयोग गर्दै आएको संस्थाले यसअघि बिद्यार्थीलाइ थर्मस र ट्र¥याक सुट पनि वितरण गरेको बिद्यालयले जनाएको छ ।