लियो क्लव अफ गोरखाको अध्यक्षमा श्रेष्ठ
लियो क्लव अफ गोरखाको अध्यक्षमा श्रेष्ठ
लियो क्लब अफ गोरखाको बर्ष २०२१/२२ का लागि नयाँ कार्यसमिति चयन भएको छ ।
शनिवार भएकोे भेलाले सुमन बाबु श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । जसको प्रथम उपाध्यक्षमा वाल कृष्ण परियार, द्धितिय उपाध्यक्षमा अनुका आले मगर, सचिवमा मोहन श्रेष्ठ, सह–सचिवमा मिलन उपरकोटी र कोषाध्यक्षमा अस्मिता उपरकोटी चयन भएका छन् । जनसम्पर्क अधिकारीमा राज गुरुङ्ग, सचेतकमा सौरभ जोशि, ब्यवस्थापकमा प्रविन उपरकोटी र चिफ प्रोगाम कोर्डिनेटरमा समिर तामाङ चयन भएको क्लवले जनाएको छ । क्लबका बर्ष २०२०/२१ का अध्यक्ष गंगा श्रेष्ठको अध्यक्षतामा भेला सम्पन्न भएको हो ।