पेन्सन पट्टा नविकरण क्याम्पमा एक हजार बढीले सेवा लिए
पेन्सन पट्टा नविकरण क्याम्पमा एक हजार बढीले सेवा लिए
चैत्र, २५ गोरखा जिल्लाका भारतीय भूपू सैनिक तथा परिवारलाइ लक्षित गरी पेन्सन पट्टा नविकरण क्याम्प संचालन गरिएको छ । आइतवार र सोमवार संचालन भएको क्याम्पमा १ हजार २ शय ५७ जनाले सेवा लिएका छन् ।
पिपिओ पोखराबाट आएको टोलिले गोरखा नगरपालिका(९ लक्ष्मीबजारमा स्थित भारतिय पेन्सन क्याम्प डाँडामा क्याम्प संचालन गरेको हो । ६÷६ महिनामा नविकरण गर्नुपर्ने पेन्सन पट्टा नविकरणका लागी पोखरा जानुपथ्र्याे । आफ्नै जिल्लामा नविरकण सेवा पाएपछि उनीहरु खुशी छन् ।