पत्रकार महासंघका निर्वाचित पदाधिकारीहरुले पदभार सम्हाले
पत्रकार महासंघका निर्वाचित पदाधिकारीहरुले पदभार सम्हाले
गोरखा : नेपाल पत्रकार महासंघ गोरखा शाखाको छैठौ अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार सम्हालेका छन् ।
विहीवारबाट औपचारिक रुपमा उनीहरुले पदभार सम्हालेका हुन् । पत्रकार महासंघको कार्यालयमा आयोजित एक कार्यक्रमका बिच महासंघका निवर्तमान अध्यक्ष किशोरजंग थापाले नवनिर्वाचित अध्यक्ष नरहरी सापकोटालाइ बैठक पुस्तिका हस्तान्तरण गरे ।
कार्यक्रमकै अवसरमा निर्वाचन समिति संयोजक स्थानेश्वर दवाडीले पदाधिकारीलाइ प्रमाणपत्र वितरण गरेका छन् । दवाडीले पदाधिकारीलाइ सपथ ग्रहण समेत गराएका थिए । कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष थापा, वर्तमान अध्यक्ष सापकोटा, निर्वाचन समिति सदस्य दवाडी लगायतले मन्तव्य राखेका थिए ।