बाल यौन दुरुपयोगको आरोपमा शिक्षक पक्राउ
बाल यौन दुरुपयोगको आरोपमा शिक्षक पक्राउ
गोरखा बैशाख, १ गते बाल यौन दुरुपयोग गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् । सिरानचोक गाउँपालिका–७ तल्लो गोहोरे स्थित जनकल्याण माविमा अध्ययनरत छात्राहरुलाइ यौन दुरुपयोग गरेको भन्दै प्रहरीले सोही बिद्यालयका शिक्षक जलेन्द्र चौधरीलाइ पक्राउ गरेको हो ।रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका घर भएका २६ बर्षीय चौधरीलाइ सोमवार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
‘पढाउने क्रममा बिभिन्न वहाना बनाइ १४ बर्षका बालिकाहरुको संवेदनशिल अंगहरु समाउने, छुने, सुमसुमाउने गरी अस्वभाविक यौनजन्य क्रियाकलाप गरेको भनी हामीलाइ जाहेरी प्राप्त भयो,’ डिएसपी प्रकाश दाहालले भने, ‘कसैलाइ पनि रिपोर्ट नगर्नु भन्दै डर त्रास देखाएर पटक पटक बालिकालाई अस्वभाविक यौनजन्य क्रियाकलाप गर्ने गरेको कुरा समेत पीडितहरुबाट खुल्न आएपछि हामीले शिक्षक चौधरीलाइ पक्राउ गरेका हौ ।’ चौधरी बिरुद्ध मंगलवार बालयौन दुरुपयोग कसुर शिर्षकमा मुद्धा दर्ता गरी थप अनुसन्धान भइरहेको डिएसपी दाहालले बताए ।