नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान
नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान
गोरखा बैशाख १ नेपाल पत्रकार महासंघ गोरखा शाखाका नवनिर्वाचित पदाधिकारीहरुलाइ स्वागत तथा सम्मान गरिएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान र नेपाल ट्रेड यूनियन कांग्रेस गोरखाले वुधवार छुट्टाछुट्टै कार्यक्रम गरी नवनिर्वाचित पदाधिकारीहरुलाइ सम्मान गरेको हो ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले गरेको कार्यक्रममा प्रतिष्ठानका संस्थापक केन्द्रीय सदस्य एवं प्रतिष्ठान गोरखाका संरक्षक रामचन्द्र अर्याल, प्रतिष्ठानका गण्डकी प्रदेश संगठन बिभाग प्रमुख एवं जिल्ला शाखाका निर्वतमान अध्यक्ष शिव खत्री, प्रतिष्ठानका जिल्ला अध्यक्ष मिना कुमारी गुरुङ, पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरी सापकोटा लगायतले मन्तव्य राखेका थिए ।
त्यस्तै ट्रेड यूनियन कांग्रेसको आयोजनामा भएको कार्यक्रममा यूनियनका केन्द्रीय प्रतिनिधी लुमनाथ लामिछाने, जिल्ला अध्यक्ष शरद श्रेष्ठ, नेपाल शिक्षक संघका जिल्ला सचिव लक्ष्मणबाबु आचार्य, सामुदायिक रेडियो प्रशारक संघका महासचिव अध्यक्ष किशोरजंग थापा, पत्रकार महासंघ गण्डकी प्रदेश कोषाध्यक्ष राजेन्द्र न्यौपाने लगायतले मन्तव्य राखेका थिए ।