आरुघाटमा प्रधानमन्त्री रोजगार कार्यक्रम
गोरेटो बाटो र सडक सोलिङका योजना प्राथमिकतामा
आरुघाटमा प्रधानमन्त्री रोजगार कार्यक्रम
गोरखा : प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत चालु आर्थिक बर्ष आरुघाट गाउँपालिकाले सडक र गोरेटो बाटो निर्माणलाइ प्राथमिकता दिएको छ ।
सडक सोलिङ, गोरेटो बाटो र पर्यटकिय पदमार्ग निर्माणलाइ प्राथमिकता दिएर काम शुरु गरिएको गाउँपालिकाका रोजगार संयोजक महेश खत्रीले बताए । कार्यक्रम अन्तरगत वडा नम्वर ६ को सिंगला पानीघट्ट आप्रिक जोड्ने र पाखुरे (झोलुङ्गे) पुल देखि आप्रिक आउने गोरेटो बाटो निर्माण, वडा नम्वर ७ को ज्ञानभूमी आधारभूत बिद्यालय प्राङ्गण संरक्षण वाल निर्माण, गिलिग सुरेश गुरुङको घर देखि मोटरबाटोसम्म गोरेटोबाटो निर्माण, स्तुलखोला कुवँर गाउँ सिस्नेरी गोरेटोबाटो मर्मत, कल्लेरी आधारभूत बिद्यालय प्राङ्गण संरक्षण वाल निर्माणको काम भइरहेको खत्रीले जानकारी दिए । त्यस्तै वडा नम्वर ८ को रुखेनी देखि माझी चौतारा हुदै रेग्मी गाउँ गोरेटो बाटो निर्माण, लामा गाउँ कटुवाडाँडा रानीस्वाँरा गोरेटो बाटो निर्माण, बृषे पानी गोरेटो बाटो निर्माण, पाँचमुरे ढापडाँडा हुदै काउलेसम्म गोरेटो बाटो निर्माण, वडा नम्वर ९ को सुनिल उपरकोटीको घर देखि प्राथमिक स्वास्थ्य केन्द्र जाने मोटरबाटो स्तरोन्नती र बिद्युतचोक गैरावारी सडक स्तरोन्नती तथा मर्मतको काम पनि भइरहेको छ । वडा नम्वर १० मा जनशक्ति गुम्वा गोरेटो बाटो निर्माण, फुलपाती डाँडा लामिछाने गाउँ गोरेटो बाटो निर्माण, मंगलटार समी चौतारा मर्मत, शितला प्रावि भवन जग निर्माण, चनौटे शितला मन्दिर ठाडो बाटो मर्मत, सुकमानको घरदेखि सिम्खेतसम्म गोरेटो एवं ठुलो पधेरो मर्मत तथा निर्माण, घोरल चौतारा मर्मत, पैका ज्यामिरे देखि महिलासमूह भवन गोरेटो बाटो निर्माण, देउराली चौतारा मर्मत, पैका गुरुङ गाउँ आले गाउँ खत्री गाउँ गोरेटो बाटो निर्माण, चिसापानी सुनार गाउँ गोरेटो बाटो निर्माणको काम रोजगार कार्यक्रममा समेटिएको खत्रीको भनाइ छ ।
उनका अनुसार यी योजनाहरु को पनि धमाधम काम भइरहेको छ । वडा स्तरिय गोरेटो बाटो निर्माण तथा पूर्वाधार संरक्षण, सडक मर्मत तथा बिश्राम स्थल मर्मतको काम पनि भइरहेको छ । गणेश मावि खेलमैदान संरक्षण वाल निर्माण, आर्खेत ढोडेनी थुमी सडक मर्मत तथा सोलिङ, आर्खेत खोला देखि माथिल्लो मान्द्रे मितिङ हुदै चिनखोपसम्म घोरेटो बाटो निर्माण, कटुन्जे सोती दोभान मरणघाट गोरेटो बाटो निर्माण, भवानी मावि कम्पाउण्ड निर्माण र कार्कीटोल देखि बुढीगण्डकी सम्म मरणघाट गोरेटो बाटो मर्मत तथा निर्माणको काम भइरहेको बताइएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत अन्तरगत चालु आव दुई करोड ४१ लाख ४९ हजार रकम विनियोजन भएको रोजगार संयोजक खत्रीले बताए । कुल ४ सय ६७ जनाले छनोट भएका छन् । उनीहरुले एक सय दिनको रोजगार पाउने बताइएको छ ।