भुतपुर्व विद्यार्थी पन्तले दिए १६ विद्यार्थीलाई छात्रवृत्ती
भुतपुर्व विद्यार्थी पन्तले दिए १६ विद्यार्थीलाई छात्रवृत्ती
पालुङटार नगरपालिका–६ कमलटार स्थायी घर भइ हाल रोजगारीका सिलसिलामा अष्ट्रेलिया रहेका प्रकाशजंग पन्तले लक्ष्मि माध्यमिक विद्यालय गाइखुरका १६ विद्यार्थीलाई छात्रवृत्ति रकम उपलब्ध गराएका छन् । पन्तले पठाएको रकम मध्ये कक्षा ६ का भवनाथ लुइटेलाई १० हजार र १५ जना विद्यार्थीलाई जनही १५ सयका दरले छात्रवृत्ति स्वरुप रकम उपलब्ध गराइएको विद्यालयका सहायक प्रधनाध्यापक प्रध्यानाध्यापक गणेशराज सेडाईले बताए । विद्यालयमा सोमबार एक कार्यक्रमका विच सहायक प्रअ सेडाइले उत्त रकम वितरण गरेका हुन् । पन्त लक्ष्मि माध्यमिक विद्यालयका पुर्व विद्यार्थी समेत हुन् । उनले विद्यार्थीलाई छात्रवृत्ति र शैक्षिक गतिविधि संचालन गर्न भन्दै एकमुष्ठ ३९ हजार विद्यालयलाई उपलब्ध गराएका थिए । ‘३९ हजार मध्ये २८ हजार विपन्न र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति स्वरुव वितरण ग¥यौ“, ’ सहायक प्रअ सेडाइले भने,‘वा“की ११ हजार खेलकुद सामाग्री खरिद तथा विद्यालयको आन्तरिक ब्यवस्थापनमा खर्च हुन्छ ।’ हाल अष्ट्रेलियामा रहेको पन्तले आगामी वर्ष पनि छात्रवृत्ति अभियानलाई निरन्तरता दिने बताए ।