नारायणगढ–मुग्लिन खण्डको जलबीरे पुल तयार
नारायणगढ–मुग्लिन खण्डको जलबीरे पुल तयार
गोरखा ः कुनै एक जमानामा सर्वाधिक सवारी साधन दुर्घटना हुने ठाउँका रुपमा परिचित थियो, जलबीरे । यहीँबाट यात्रुवाहक बसहरू त्रिशूली नदीमा खस्ने, घुम्तीमा ठोक्किने हुँदा कयौं मानिसहरूले ज्यान गुमाए । अत्याधिक सवारी दुर्घटना भएपछि जलबीरे घुम्ती छेउमा एक मन्दिर बनाएर नियमित पूजा गर्न थालियो ।
मन्दिर बनेपछि यो ठाउँमा दुर्घटनामा कमी आएको स्थानीय बताउँछन् । अहिले यही घुम्तीमा पुल बनेको छ । पुल बनेपछि घुम्ती सीधा मात्रै भएन, सडकसमेत २६५ मिटर छोटियो । गत वर्ष कोरोना संक्रमणबाट काम प्रभावित बनेको पुलको काम सकिएको छ । नारायणगढ मुग्लिन सडक खण्डकी सूचना अधिकारी सविना रानाभाटले एक–दुई दिन भित्रै पुल सञ्चालन गर्ने तयारी भएको जानकारी दिइन् । रौताहा कन्स्ट्रक्सनले ८० मिटर लामो पुल १३ करोड ९४ लाखको लागतमा बनाएको हो ।