मनकामना र गोरखा दरवार भक्तजनका लागी बन्द

मनकामना र गोरखा दरवार भक्तजनका लागी बन्द


बिहिबार, बैशाख ९, २०७८


मनकामना र गोरखा दरवार भक्तजनका लागी बन्द

गोरखा ः मनकामना मन्दिर र गोरखा दरवारमा भक्तजनहरुले पुजापाठ गर्न नपाउने भएका छन् । जिल्ला स्तरिय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको मंगलवारको बैठकले बैशाख मसान्त सम्मका लागी धार्मिक स्थलमा पुजाआजा गर्न रोक लगाउने निर्णय गरेको छ । कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागी गरिएको उक्त निर्णय बिहीवारबाट लागू गरिने मनकामनाका मूल पुजारी इन्सान थापा मगरले बताए ।

‘भोलीबाट मन्दिर बन्द गर्ने भनेर मनकामना क्षेत्र बिकास समितिले पनि निर्णय गरिसक्यो,’ उनले भने, ‘मन्दिरको ढोका बन्द गर्छाै, नृत्य पुजा मात्र हुन्छ ।’ मन्दिर बन्द भएपनि केवलकार र सवारी संचालन हुदा भक्तजन आउने सम्भावना रहेको उनले बताए । ‘केवलकार र सवारी चल्ने, होटलहरु खुल्ने हुदाँ भक्तजनहरु आउछन्, भीडभाड हुन्छ, कसरी नियन्त्रण गर्ने भन्ने समस्या छ,’ उनले भने । यसअघि मन्दिर बन्द भएपनि बाहिरबाटै पुजाआजा गर्ने र बली दिने काम समेत भएको हुदाँ समस्या भएको उनले बताए ।



गोरखा दरवार पूर्ण रुपमा बन्द गर्ने वा नगर्ने भन्नेमा अन्योल रहेको गोरखा दरवार हेरचाह अड्डाले जनाएको छ । ‘प्रशासनको निर्देशन आएपछि बन्द गर्नुपर्छ, तर भीडभाड नगरी पुजाआजा गर्ने व्यवस्था मिलाउन सकिन्छ की भन्ने बारेमा भोली पुजारी र सुसारेहरु प्रमुख जिल्ला अधिकारीसँग छलफल गर्न जादैछन्, छलफलको निष्कर्ष के हुन्छ त्यस अनुसार निर्णय गर्छाै,’ दरवार हेरचाह अड्डा प्रमुख हरि भुषालले भने ।
गोरखा संग्रहालय भने बन्द नहुने
गोरखा संग्रहालय भने बन्द नहुने भएको छ । आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर संग्रहालय संचालन गरिने बताइएको छ । ‘हामीलाइ बन्द गर्ने निर्देशन छैन, आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर संचालन गर्छाै,’ संग्रहालय प्रमुख नवराज अधिकारीले भने । एक पटकमा २५ जना भन्दा बढीलाइ संग्रहालय प्रवेश गर्न नदिइने उनले बताए । संग्रहालय आउने पर्यटकलाई मास्क अनिवार्य गरिएको र प्रवेशद्धारमा ह्याण्ड वासिङ स्टेशन समेत राखिएको उनले जानकारी दिए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda