बिद्यार्थीलाई पोशाक र झोला वितरण
बिद्यार्थीलाई पोशाक र झोला वितरण
गोरखा ः शहिद लखन गाउँपालिका –७ स्थित मकैपुर आधारभूत बिद्यालयका बिद्यार्थी लाई बिद्यालय पोशाक र झोला वितरण गरिएको छ ।
वडा कार्यालयको समन्वयमा लायन्स क्लब अफ काठमाण्डौ मेट्रो सिटीले पोशाक र झोला वितरण गरेको हो ।
बिहीवार एक कार्यक्रमका बिच ३२ थान झोला र ३२ जोर ट्र¥याक सुट वितरण गरिएको वडाध्यक्ष शरण श्रेष्ठले बताए । बिद्यालयलाई नगद ५० हजार पनि सहयोग गरिएको उनले जानकारी दिए । त्यस्तै क्लबले सोही वडाका बुंकोट कोटगाउँ निवासी धन बहादुर र पोष कुमारी श्रेष्ठका अपाङ्गता भएका छोराछोरीलाइ नगद ३० हजार सहयोग गरेको छ ।
क्लबका फत्त बहादुर गुरुङको अध्यक्षता तथा वडाध्यक्ष श्रेष्ठको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष गन्ज बहादुर गुरुङ, जोन चिअरपर्सन अच्चुतलाल श्रेष्ठ, गोरखा लायन्स क्लबका अध्यक्ष श्याम बाबु श्रेष्ठ, रामहरी फुयाल, हिरा कटुवाल, अनिस तामाङ, समाजसेवी किरण बाबु श्रेष्ठ, विव्यस सदस्यहरु, शिक्षक तथा अभिभावक लगायतको उपस्थिती रहेको थियो ।