२ हजार बढीले लगाए खोप
२ हजार बढीले लगाए खोप
गोरखा ः तीन दिनमा जिल्लाका २ हजार २१ जनाले कोरोना भाइरस बिरुद्धको दोस्रो डोज खोप लगाएका छन् । सबैभन्दा धेरै गोरखा नगरपालिकामा ८ शय ८९ जनाले खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
पालुङटार नगरपालिकामा ३ शय २४, आरुघाट गाउँपालिकामा २ शय ८६, सिरानचोक गाउँपालिकामा २ शय ५३, बारपाक सुलिकोट गाउँपालिकामा २ शय २३ र भीमसेन थापा गाउँपालिकामा २ शय १६ जनालाई खोपको दोस्रो डोज दिइएको कार्यालयका खोप कोल्डचेन निरिक्षक ऋषिराम खत्रीले बताए । त्यस्तै गण्डकी गाउँपालिकामा १ शय ५५, शहिद लखन गाउँपालिकामा १ शय ५०, धार्चे गाउँपालिकामा १ शय १९ र चुमनुव्री गाउँपालिकामा ९१ जनाले खोप लगाएको उनले जानकारी दिए ।
अजिरकोट गाउँपालिकामा आजबाट खोप अभियान संचालन हुने बताइएको छ । खोप अभियान बैशाख ११ गतेसम्म संचालन हुने छ । गोरखा कारागारका कैदीवन्दीहरु लाइ ११ गते खोपको दोस्रो डोज दिइने स्वास्थ्य कार्यालयले जनाएको छ । यसअघि खोपको पहिलो डोज लगाएका ४ हजार बढीलाइ दोस्रो डोज दिने लक्ष्य कार्यालयको छ ।