बैशाख १२ गते बारपाक सुलिकोटमा सार्वजनिक बिदा
बैशाख १२ गते बारपाक सुलिकोटमा सार्वजनिक बिदा
गोरखा ः बैशाख १२ गते बारपाक सुलिकोट गाउँपालिकाले सार्वजनिक बिदा दिने भएको छ । २०७२ को गोरखा भूकम्पमा परी ज्यान गुमाउनेहरुको स्मृतिमा सो दिन बिदा दिने निर्णय गरिएको गाउँपालिकाका सूचना अधिकारी इश्वरी प्रसाद पनेरुले बताए ।
उनका अनुसार गत चैत्र २५ गते बसेको गाउँकार्यपालिकाको बैठकले सो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सोही निर्णय अनुसार बैशाख १२ गते आइतवार गाउँपालिका अन्तरगतका सरकारी तथा गैरसरकारी कार्यालय, बैक तथा वित्तिय संस्था, शैक्षिक संस्थाहरुमा सार्वजनिक बिदा हुने गाउँपालिकाका सूचना अधिकारी इश्वरी प्रसाद पनेरुले बताए ।