भगवती सहकारीको आफ्नै भवन
भगवती सहकारीको आफ्नै भवन
गोरखा ः आवुखैरेनी गाउँपालिका(३ मा रहेको भगवती बचत तथा ऋण सहकारी संस्था आफ्नै भवनमा सरेको छ । ५४ लाख ५१ हजार खर्चेर संस्थाले आफ्नै भवन बनाएको हो । उक्त भवनको शनिवार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।
संस्थाका अध्यक्ष बिमल वावु रानाले नवनिर्मित भवनको उद्घाटन गरेका हुन् । यसअघि भाडामा संस्थाको कार्यालय संचालन हुदै आएको थियो । संस्थामा १ शय ९२ सेयर सदस्य रहेको संस्थाकी जमुना खड्का रानाले बताइन् । बचत तथा ऋण सेवा उपलब्ध गराउदै आएको संस्थाले आइएमी सेवा पनि सुचारु गर्ने तयारी गरिरहेको उनले जानकारी दिइन् ।