उपभोक्तालाई ग्याँस उद्योग संघको आग्रह ः खाली सिलिण्डर भर्नुस्
उपभोक्तालाई ग्याँस उद्योग संघको आग्रह ः खाली सिलिण्डर भर्नुस्
सुरुवात ः नेपाल एलपी ग्याँस उद्योग संघले डिलर र उपभोक्तालाई खाना पकाउने ग्याँसको खाली सिलिण्डर भरेर राख्न आग्रह गरेको छ । एलपी ग्याँस आयात हुने मुलुक भारतमा कोभिड महामारी बढेका कारण त्यसबाट पर्ने असर कम गर्न तत्काललाई खाली सिलिण्डर भरेर राख्न आग्रह गरिएको संघले एक सूचनामार्फत जनाएको छ ।
गत वर्ष ग्याँस भर्न एकै पटक उपभोक्ताहरु लाइन लाग्दा आपूर्तिमा चाप परेकाले यस वर्ष त्यस्तो नहोस् भनेर सूचना जारी गरिएको संघका अध्यक्ष गोकुल भण्डारीले बताए । ‘गत वर्ष खाली सिलिण्डर एकै पटक बजारमा आउँदा आपूर्ति व्यवस्थामा समस्या देखियो, यस वर्ष त्यस्तो नहोस् भनेर खाली सिलिण्डर भर्न भनेका हौं’, अध्यक्ष भण्डारीले भने । ग्याँसको आपूर्ति व्यवस्था बिग्रिन नदिन र आपूर्तिलाई चुस्त बनाउन निगमले संघलाई पत्राचार गरेको पनि उनले बताए ।
भारतबाट नियमित रुपमा ग्याँसको आपूर्ति भइरहेको र अहिले सहज भएकै अवस्थामा खाली सिलिण्डर भरेर भण्डारण गर्दा पछि समस्या नआउने अध्यक्ष भण्डारीको भनाइ छ ।