पालुङटारका शैक्षिक संस्था बन्द
पालुङटारका शैक्षिक संस्था बन्द
बैशाख, १४ गोरखा ः पालुङटार नगरपालिका भित्रका शैक्षिक संस्थाहरुको पठनपाठन बन्द गरिएको छ । कोभिड–१९ को बढ्दो संक्रमणलाइ मध्यनजर गर्दै नगरपालिकाले आजबाट बिद्यालयमा भौतिक उपस्थितीको पठनपाठन तत्कालका लागी बन्द गर्ने निर्णय गरेको हो ।
अर्काे सूचना प्रकाशित नभएसम्मका लागी बिद्यालयको पठनपाठन बन्द हुने नगर शिक्षा अधिकारी बाबुराम काराखेतीले बताए ।
उनका अनुसार परिक्षा लगायतका अन्य आन्तरिक कार्यको तयारीका लागी बिद्यालय प्रशासन भने खुल्ला रहने छ । तर आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड भने पालना गर्नुपर्ने उनले बताए ।