सहुलियत कर्जा प्रवाहका लागी त्रिपक्षिय सम्झौता
सहुलियत कर्जा प्रवाहका लागी त्रिपक्षिय सम्झौता
बैशाख, १५ गोरखा ः सिरानचोक गाउँपालिका का कृषक तथा व्यवसायीलाइ सहुलियतपूर्ण कर्जा प्रवाहका लागी त्रिपक्षिय सम्झौता भएको छ । सिरानचोक गाउँपालिका, ग्लोवल आइएमइ बैक र उद्योग वाणिज्य संघ सिरानचोक इकाइ बिच मंगलवार त्रिपक्षित सम्झौता भएको हो ।
पालिका अध्यक्ष राजु गुरुङ, गोरखा उवासंघका अध्यक्ष जीवनज्योती श्रेष्ठ र बैकका प्रदेश प्रमुख महेश सिलवालले मंगलवार समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । उक्त सम्झौतामा महिला उद्यमशिलता कर्जा, व्यवसायीक कृषि तथा पशुपक्षीं कर्जा, शिक्षि तथा यूवा स्वरोजगार कर्जा, बैदेशिक रोजगारीबाट फर्किएका यूवा परियोजना कर्जा, दलित समुदाय व्यवसाय विकास कर्जा, उच्च प्राविधिक तथा व्यवसायीक शिक्षा कर्जा, भुकम्पपिडितहरुको नीजिआवास निर्माण कर्जा तथा प्रदेश सरकार र राष्ट्र बैंकले ताकेको अन्य सहुलियतपुर्ण कर्जाहरु उपलब्ध गराउन सहकार्य गर्ने उल्लेख गरिएको छ ।
गाँउपालिका को सिफारिस र सहयोगमा बैंकले कर्जा प्रवाह गर्ने र सोको लागि आवश्यक कागजात एवं व्यवसायिक योजना निर्माणमा उद्योग वाणिज्य संघले सहजिकरण गर्ने सम्झौतामा भनिएको छ । हाललाई नेपाल राष्टू बैंकले दिएको व्याज अनुदान अनुसार पुरुषको हकमा ५ प्रतिशत र महिलाको हकमा ६ प्रतिशत छुट हुने वताइएको छ । उवासंघले यसअघि धार्चे गाउँपालिका र सिभिल बैक सँग पनि यस्तै सम्झौता गरिसकेको छ । अजिरकोट गाउँपालिका र राष्ट्रिय बाणिज्य बैकसँग पनि सम्झौता गर्ने तयारी भइरहेको गोरखा उवासंघका दिपेन्द्र श्रेष्ठले बताए ।