एकैदिन ४६ जनामा कोरोना संक्रमण पुष्टी
एकैदिन ४६ जनामा कोरोना संक्रमण पुष्टी
बैशाख, १५ गोरखा ः गोरखामा मंगलवार एकै दिन ४६ जनामा कोरोना संक्रमण देखिएको छ । भीमसेन थापा गाउँपालिकाका २७, गोरखा नगरपालिकाका १२ र पालुङटार नगरपालिकाका ७ जनामा कोरोना पुष्टी भएको स्वास्थ्य कार्यालयले जनाएको छ । भीमसेन थापाका सबै संक्रमित वडा नम्वर ७ क्यामुन्टारका रहेका छन् ।
केही दिन अघि उनीहरुमा रुघाखोकी तथा ज्वरो देखिएपछि पिअिसार परिक्षणका लागी स्वाव संकलन गरिएको थियो । ‘क्यामुन्टार स्थित पाटनदेवी माविका बिद्यार्थी र स्थानीय सहित कुल ३१ जनाको स्वाव संकलन गरी परिक्षणका लागी पठाएका थियौ,’ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले भने, ‘उनीहरुमध्य २६ जनामा संक्रमण देखियो, संक्रमित मध्य चार जना बिद्यार्थी हुन् ।’ वुधवार क्यामुन्टार स्थित बिद्यालयका बिद्यार्थी र स्थानीय सबैको स्वाव संकलन गरिने उनले बताए । गोरखा नगरपालिकाका संक्रमित मध्य वडा नम्वर ६ को पाँच जना, वडा नम्व्र ८ को एक जना र वडा नम्वर १४ का छ जना रहेका छन् । पालुङटार नगरपालिकाका संक्रमितमध्य वडा नम्वर १० को पाँच जना, वडा नम्वर २ र ४ का एक÷एक जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
उनीहरुमध्य दुइ जनाको अवस्था गम्भिर भएकाले चितवन लगिएको कार्यालयका महामारी फोकल पर्सन नारायण बाबु अर्यालले बताए । ‘५० बर्षिय पुरुष र ४३ बर्षीया महिलाको अक्सिजन लेभल कम भएर उपचारका लागी चितवन रिफर गरिएको छ,’ उनले भने । यो सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ५२ पुगेको छ ।