बजार क्षेत्रमा प्रहरी कार्यालयको उजुरी तथा सुझाव पेटिका
बजार क्षेत्रमा प्रहरी कार्यालयको उजुरी तथा सुझाव पेटिका
बैशाख, २० गोरखा ः जिल्ला प्रहरी कार्यालयले सदरमुकामको बिभिन्न ठाउँमा उजुरी तथा सुझाव पेटिका राखेको छ । बसपार्क, हरमटारी र जिल्ला प्रशासन कार्यालयको परिसरमा गरी तीन स्थानमा शनिवार पेटिका राखिएको हो ।
पेटिका मार्फत कार्यालयले प्रवाह गर्ने सेवा सम्बन्धी सर्वसाधारणको सुझाव तथा गुनासो संकलन गरिने डिएसपी प्रकाश दाहालले बताए । त्यस्तै प्रहरीको कार्य चुस्त दुरुस्त बनाउन आम नागरिकको सुझाव संकलन समेत गरिने उनले जानकारी दिए । १५÷१५ दिनमा उक्त पेटिका खोलिने र प्राप्त उजुरी तथा सुझावको समयमै सम्बोधन गरी कार्यान्वयन गरिने उनले बताए ।