गोरखाका नीजि अस्पतालमा कोरोना संक्रमितलाई छैन उपचार

गोरखाका नीजि अस्पतालमा कोरोना संक्रमितलाई छैन उपचार


सोमवार, जेष्ठ ३, २०७८


गोरखाका नीजि अस्पतालमा कोरोना संक्रमितलाई छैन उपचार

जेठ २, गोरखा । नयाँ भेरियन्ट सहितको कोरोना संक्रमित थपिदै गएपनि जिल्लाका नीजि अस्पतालहरु संक्रमितको उपचारका लागी तयार छैनन् । जिल्लाका कुनै पनि नीजि अस्पतालमा संक्रमितको उपचार गर्ने आइसोलेसन वार्ड छैन । आइसोलेसन निर्माणका उनीहरुले चासो पनि दिएका छैनन् । संक्रमितलाइ उपचार गराउन नसकिने अस्पतालका संचालकहरु स्वीकार गर्छन् ।

सदरमुकामको भिआइपी टोलमा रहेको आमा बा अस्पताल १५ वेड क्षमताको छ । तर संक्रमितको उपचारका लागी न आइसोलेसन निर्माण गरिएको छ न वेड छुट्याइएको छ । अस्पतालमा कोरोना संक्रमितको उपचार गर्न सक्ने अवस्था नरहेको अस्पतालका संचालक डा. सन्दिप गोर्खाली बताउछन् । उनी भन्छन्, ‘नन् कोभिड बिरामी हेरिरहेका छौ, तर कोभिडलाइ हेर्न सकेका छैनौ ।’ अक्सिजन पनि पर्याप्त मात्रामा नरहेको उनको भनाइ छ । साना ठुला गरी कुल १४ वटा अक्सिजन ग्यास सिलिण्डर रहेको उनी बताउछन् ।



‘अहिलेको संक्रमित अक्सिजन लेभल घटेपछि मात्र अस्पताल आउने हो, हामीसँग पर्याप्त मात्रामा अक्सिजन पनि छैन, फेरी संक्रमितको उपचारका लागी पिपिइ सेट चाहियो, एउटै सेटको पाँच देखि सात हजारसम्म पर्छ, संक्रमितले त्यो पैसा तिर्न पनि सक्दैन, अनि कसरी उपचार गर्ने,’ उनले भने । संक्रमण पुष्टी भएका बिरामीलाइ रिफर गर्ने गरेको उनले बताए ।

जिल्ला सदरमुकामको पाटेचौरमा रहेको गोरखा एपोले हस्पिटलले पनि संक्रमितको उपचारका लागी आवश्यक व्यवस्थापन गर्न सकेको छैन । १५ शैयाको अस्पतालमा कोरोना संक्रमितका लागी कुनै वेड छुट्याइएको छैन । आइसोलेसन वार्ड त पर को कुरा संक्रमित भइहालेमा रिफर गर्ने गरेको अस्पतालका संचालक डा. सन्तोष मास्के बताउछन् । सात वटा अक्सिजन सिलिण्डर रहेको जानकारी गराउदै उनले भने, ‘स्रोत साधनको हिसावले आइसियू छैन, अस्पतालमै नभएको कुरा हामीसँग कसरी हुने, फेरी अक्सिजन पनि पर्याप्त छैन, त्यसैले संक्रमितलाइ उपचार गराउन गाह्रो छ ।’ सरकारले कोभिड अस्पताल घोषणा गरेमा आफूहरु उपचारका लागी तयार रहने उनले बताए । उपलब्ध स्रोत साधन र जनशक्तिको हिसावले अहिलेको अवस्थामा नर्मल बिरामी र कोरोना संक्रमितलाइ एकैपटक हेर्न नसकिने उनले जानकारी गराए ।
गोरखा नगरपालिका छेवेटार स्थित २५ शैयाको पृथ्वी नारायण सामुदायिक अस्पतालले पनि कोरोना संक्रमितलाइ उपचारका लागी कुनै तयारी नभएको बताएको छ । आइसोलेसन निर्माण नभएको र संक्रमण पुष्टी भएमा रिफर गर्ने गरेको अस्पताल संचालक मध्येका एक प्रदिप कुवँरले बताए ।

भीमसेन थापा गाउँपालिका घ्याम्पेशालमा रहेको १५ शैयाको मनासलु अस्पताल र गोरखा नगरपालिका छेवेटारमा रहेको १५ शैयाको गोरखा मेमोरियल अस्पतालमा अक्सिजन ग्यासको सिलिण्डर समेत छैन । संक्रमित भएमा अश्राङमा रहेको कोभिड अस्पताल रिफर गर्ने गरेको मनासलु अस्पतालका प्रवन्ध निर्देशक बिकास श्रेष्ठ बताउछन् । सामान्य ज्वँरो आएका बिरामीलाइ उपचार गराएपनि सिरियस केश जिल्ला रिफर गर्ने गरेको गोरखा मेमोरियल अस्पतालका संचालक दाउत तामाङले बताए । जिल्ला सदरमुकाम स्थित तिनधारेमा रहेको बरदान अस्पतालको सेवा भने केही समययता बन्द छ । १५ शैयाको उक्त अस्पतालले सेवा संचालन गरेपनि संक्रमितको उपचार गर्न नसक्ने संचालकमध्येका एक ओम श्रेष्ठ बताउछन् ।

हालसम्म गोरखा अस्पतालमा १४ वेडको आइसोलेसन छ । बिभिन्न स्थानीय तहमा गरी करिव ५० वेड आइसोलेसन तयार रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्क छ । तर अक्सिजन र आवश्यक उपकरण अभावमा संक्रमितलाइ उपचार गराउन सक्ने अवस्था नभएको पालिकाका स्वास्थ्य शाखाहरु बताउछन् । जिल्लामा संक्रमितको संख्या करिव ५ शय पुगिसक्यो तर उपचारका लागी आइसोलेसन वेड अभाव छ । यो समयमा संक्रमितको उपचारका लागी नीजि अस्पतालले तयारी नगर्नु दुखद रहेको नागरिक अगुवाहरु बताउछन् ।

‘यो महामारीको बेला शुद्ध व्यवसायिक हिसावले मात्र सोच्नु भन्दा पनि नीजि अस्पतालको सेवा भाव पनि देखिनुपथ्र्याे, तर त्यो देखिएन,’ नागरिक साझा सवालका संयोजक स्थानेश्वर दवाडीले भने । नागरिकको सेवाका लागी तयार छौ भन्ने सन्देशका लागी पनि संक्रमितको उपचारको व्यवस्था गर्नुपर्ने भएपनि नीजि अस्पतालले कुनै प्रयत्न नगरेको भन्दै त्यसतर्फ ध्यान दिन उनले आग्रह गरेका छन् ।

नेपाल वार एसोसियन गोरखाका अध्यक्ष यादव शर्मा संक्रमितको उपचारका लागी सरकारी र नीजि दुवै अस्पतालले लापरवाही गरिरहेको बताउछन् । ‘सजिलो भएको बेला कमाउन तत्पर हुने, जव क्रिटिकल अवस्था आउछ अनि कमाउने अवस्था भएन भनेर उपचार छैन, गर्न सक्दैनौ भनेर नीजि अस्पतालहरु भाग्ने गरिरहेका छन्, यो जनताको बाच्न पाउने अधिकार प्रतिको उनीहरुको लापरवाही हो,’ उनले भने । उपलब्ध स्रोत साधन र जनशक्ति प्रयोग गरेर संक्रमितको उपचार गर्न सक्ने भएपनि नीजि अस्पतालले वेवास्ता गरेको उनको गुनासो छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda