बन्जराको सहयोग र जेसिजको समन्वयमा मास्क र सेनिटाइजर वितरण
बन्जराको सहयोग र जेसिजको समन्वयमा मास्क र सेनिटाइजर वितरण
जेठ ५, गोरखा । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागी अग्रपंक्तिमा खटिने सुरक्षाकर्मीलाई लक्षित गरी मास्क र सेनिटाइजर वितरण गरिएको छ । आरुघाट घर भइ हाल बिदेशमा रहेका आकाश बन्जराबाट सहयोग प्राप्त मास्क र सेनिटाइजर गोरखा जेसिजको समन्वयमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, जिल्ला प्रशासन कार्यालय र नेपाल पत्रकार महासंघलाइ वितरण गरिएको हो ।

वुधवार एक कार्यक्रमका बिच जेसिजका अध्यक्ष प्रविण बस्नेतले सम्बन्धित कार्यालयलाई मास्क र सेनिटाइजर हस्तान्तरण गरेका छन् । गोरखा ग्लोवल समाजका कोषाध्यक्ष समेत रहेका बन्जराले कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा सघाउ पु¥याउने उदेश्यले दश हजार थान मास्क र दुइ सथ थान सेनिटाइजर पठाएका थिए ।
बाँकी रहेको मास्क र सेनिटाईजर ग्रामिण भेगका स्वास्थ्य संस्थाहरुमा वितरण गरिने जेसिज अध्यक्ष बस्नेतले बताए ।