कोरोना संक्रमितको उपचारका लागी भन्दै कांग्रेस नगर सभापति खत्रिले दिए निजी गाडी
कोरोना संक्रमितको उपचारका लागी भन्दै कांग्रेस नगर सभापति खत्रिले दिए निजी गाडी
जेठ ६, गोरखा । कोभिड–१९ का बिरामी ओसारपसारका लागी भन्दै नेपाली कांग्रेस गोरखा नगर सभापति चन्दनबाबु खत्रीले आफ्नो निजी सवारी नगरपालिकालाई उपलब्ध गराएका छन् ।
बा १६ च २००१ नम्वरको सवारी बिहीवार उनले गोरखा नगरपालिकालाई हस्तान्तरण गरेका हुन् । सवारी अभावमा संक्रमितलाई स्वास्थ्य संस्था लैजान समस्या नहोस् भन्ने उदेश्यले गाडी उपलब्ध गराएको खत्रीले बताए ।
बिहीवार गाडीको चावी बुझ्दै नगर प्रमुख राजनराज पन्तले उक्त सवारी संक्रमितको उपचारका लागी प्रयोग गरिने बताए ।