तारानगर स्वास्थ्य चौकीलाई अक्सिमिटर र थर्ममिटर
तारानगर स्वास्थ्य चौकीलाई अक्सिमिटर र थर्ममिटर
जेठ, १० गोरखा नगरपालिका–१२ स्थित तारानगर स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ । गोरखा नगरपालिका ११, १२ र पालुङटार नगरपालिका–९ मा रहेका विभिन्न चर्चहरुले संयुक्त रुपमा अक्सिमिटर, थर्ममिटर, सेनिटाईजर लगायतका स्वास्थ्य सामग्री वितरण गरेका हुन् ।
सोमवार एक कार्यक्रमका विच स्वास्थ्य चौकीलाई पल्स अक्सिमिटर ५० थान, थर्ममिटर ३६ थान, सेनिटाईजर २२ थान वितरण गरिएको गोर्खाली ख्रीस्टिय समुदायका अध्यक्ष यम बहादुर तामाङले वताए । कोरोना संक्रमितको उपचार तथा संक्रमण न्यूनिकरणमा सहयोग पु¥याउने उदेश्यले ५८ हजार रकम वराबरको स्वास्थ्य सामग्री वितरण गरिएको उनले जानाकारी दिए ।