स्वास्थ्यचौकीको संक्रियतामा मान्वुमा कोरोना नियन्त्रण हुदै
स्वास्थ्यचौकीको संक्रियतामा मान्वुमा कोरोना नियन्त्रण हुदै
जेठ १४, गोरखा । आरुघाट गाउँपालिका वडा नम्वर १ र २ मान्वुमा फैलिएको कोरोना संक्रमण मान्वु स्वास्थ्यचौकीको सक्रियतामा नियन्त्रणमा आएको छ । मान्वुमा ज्वरो र रुघाखोकीका बिरामी बढेपछि परिक्षणका लागी स्वास्थ्य चौकीले सक्रियता बढाएको थियो ।
घरघरमा पुगेर बिरामीको तथ्याङ्क संकलन गरी शंस्कास्पद २९ जनाको पिसिआर परिक्षणका लागी स्वाव संकलन गरिएको चौकी इन्चार्ज एवं हेल्थ असिस्टेन्ट प्रविन थापाले बताए । ‘२९ जनाको परिक्षण गर्दा २२ जनामा संक्रमण पुष्टी भयो,’ उनले भने, ‘संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा थप ५० जनाको एन्टिजेन परिक्षण गर्दा फेरी आठ जनामा संक्रमण देखियो ।’

स्वास्थ्यकर्मीको निगरानीमा संक्रमितहरुलाइ होम आइसोलेसनमा राखिएको र उनीहरुमध्ये २२ जना निको भइसकेको थापाले जानकारी दिए । वडाध्यक्ष सोम प्रसाद घलेको हातबाट जुस खुवाएर कोरोना जितेकाहरुलाइ डिस्चार्ज गरिएको उनले बताए । बाँकी संक्रमित होम आइसोलेसनमा रहेको बताइएको छ ।