गोरखाको तीन स्थानीय तहमा स्वास्थ्य सामग्री वितरण
गोरखाको तीन स्थानीय तहमा स्वास्थ्य सामग्री वितरण
जेठ १५, गोरखा । जिल्लाको तीन स्थानिय तहमा स्वास्थ्य सामग्री वितरण गरिएको छ । जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डा.वावुराम भट्टराईको पहल तथा केन्द्रिय सदस्य गोपालवावु श्रेष्ठको टिमको समन्वयमा माक्स, सेनिटाईजर लगायतका स्वास्थ्य सामग्री वितरण गरिएको हो ।
सिरानचोक गाँउपालिकामा ८ हजार थान माक्स वितरण गरिएको छ । त्यस्तै अजिरकोटमा ५ हजार थान माक्स र वारपाक सुलिकोटमा १० हजार थान माक्स वितरण गरिएको वताइएको छ । वारपाक सुलिकोट गाँउपालिका स्थित पोखरीगाँउमा पनि १ हजार थान माक्स, सेनिटाईजर, सावुन, मञ्जन, ब्रस लगायतका स्वास्थ्य सामाग्री वितरण गरिएको छ । स्वास्थ्य सामाग्री वितरण भएको ठाँउमा औषधी पनि वितरण गरिएको थियो ।