एकल महिलाको माग सम्बोधन गर्न अपिल
एकल महिलाको माग सम्बोधन गर्न अपिल
जेठ १८, गोरखा । विपन्नताको जोखिममा परेका एकल महिलाहरुको निशुल्क पिसिआर परिक्षण गर्न माग गरिएको छ । मानव अधिकारको लागि महिला, एकल महिला समुहले सोमवार अपिल जारी गर्दै सरकारी तथा गैरसरकारी अस्पतालहरुमा कोरोना संक्रमित एकल महिलाहरुको उपचारमा निश्चित रकम छुट दिन माग गरेको छ ।
गरिबी तथा विपन्नताको जोखिममा परेका एकल महिलाहरुको पहिचान गरि यथाशिघ्र राहत उपलब्ध गराउन सम्वन्धीत स्थानीय निकाय समक्ष अपिल गरिएको छ । साथै एकल महिलाहरु तथा तिनका आश्रित परिवारलाई कोरोना खोप उपलब्ध गराउन र कोरोना माहामारीमा श्रीमान गुमाएका महिलाहरुको पिडालाई मध्यनजर गर्दै मनोपरामर्श सेवा उपलब्ध गराउन माग गरिएको सरिता लामिछानेले बताइन् ।
एकल महिला आमा गुमाएका वालवालिकाहरुको आधिकारिक आादिकारिक अभिलेखी राखी निजहरुको पुर्नस्थापना ध्यान दिन पनि आग्रह गरिएको उनले जानकारी दिइन् ।
