रोटरी क्लव अफ गोरखाद्धारा आइसोलेसन केन्द्रलाई स्वास्थ्य सामग्री वितरण
रोटरी क्लव अफ गोरखाद्धारा आइसोलेसन केन्द्रलाई स्वास्थ्य सामग्री वितरण
जेठ २७, गोरखा । गोरखा उद्योग वाणिज्य संघमा रहेको कोभिड–१९ आइसोलेसन केन्द्रका लागी स्वास्थ्य सामग्री वितरण गरिएको छ ।आइसोलेसनमा रहने संक्रमितलाइ लक्षित गरी रोटरी क्लब अफ गोरखाले उक्त सामग्री सहयोग गरेको हो ।
बिहीवार एक कार्यक्रमका बिच क्लबका अध्यक्ष काशिनाथ अम्गाईले गोरखा नगरपालिकाका मेयर राजनराज पन्तलाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरे । एक हजार थान मास्क, ५० थान सेनिटाइजर, साबुन १ सय ५० थान, झुल ५० थान, फेस टावल ५० थान, चप्पल ५० जोडी लगायतका सामग्री वितरण गरिएको अम्गाईले बताए ।