लिचि बिक्रीमा कोभिड प्रभाव

लिचि बिक्रीमा कोभिड प्रभाव


मङ्लबार, असार ८, २०७८


लिचि बिक्रीमा कोभिड प्रभाव

असार ८, गोरखा । २०४२ सालबाट उनले लिचि खेती शुरु गरे । चितवनबाट बिरुवा ल्याएर खेती शुरु गरेका पालुङटार नगरपालिका–७ च्याङ्लीका भोज बहादुर गुरुङको बारीमा अहिले साना ठुला गरी करिव ६० वोट छन् । सबै वोटमा लिचि लटरम्म पाकेको देखिन्छ ।
लिचि पाक्नु अघि नै उनले ठेकेदारलाइ दुई लाखमा बगैचा वैना गरिसकेका थिए ।

त्यसैले अन्य किसानलाइ जस्तो कोभिड–१९ का कारण लागू गरिएको निषेधाज्ञाले उनको लिचि व्यापारमा असर पारेन । तर, अन्य किसानमा भने लिचि व्यापारमा कोभिडको असर देखिएको छ । वडा नम्वर ६ पौवाटारका लिचि कृषक रण बहादुर सुवेदी लक डाउनले व्यापारमा असर परेको बताउछन् । ‘लिचि पाकेर बेच्ने बेला भइसक्यो, अव कहाँ बेच्ने भन्ने समस्या छ,’ उनले भने । चार बर्ष अघि विरुवा रोपेको बताउदै उनी थप्छन्, ‘उत्पादन भएर बेच्न लागेको यो पहिलो पटक हो तर, कोरोनाले गर्दा व्यापारी पनि खासै पाएका छैनौ, पाएपनि कम मूल्यमा लान खोज्छन् ।’ वडा नम्वर ६ पौवाटारकै अर्का किसान सुव्वा पन्त लक डाउनले भनेजस्तो मूल्य नपाएको गुनासो गर्छन् ।



‘अघिल्ला बर्षहरुमा किलोको ६० देखि ७० रुपैयासम्म बेचियो, तर अहिले किन्न पनि खासै आएका छैनन्, आउनेले पनि भनेजस्तो भाउ दिएका छैनन्,’ उनले भने । सम्पर्कमा आएका ठेकेदारहरुले किलोको ४० रुपैया दिने बताएको भन्दै सुव्वा थप्छन्, ‘लक डाउनले बिक्री असहज छ, यो बेला हाम्रो भन्दा पनि किन्न आउनेहरुको मूल्यमा दिनुपर्ने वाध्यता छ ।’ यसअघि लिचि नपाक्दै ठेकेदार आएर वैना गर्ने गरेपनि अहिले निषेधाज्ञाले समस्या भएको सोही ठाउँका अर्का कृषक राजेश काफ्ले बताउछन् । ‘पहिले काच्चै हुदैमा ठेकेदार आएर वगैचा वैना हान्दै जान्थ्यो तर अहिले लकडाउनले गर्दा आएका छैनन्, लिचि पाकिसक्यो,’ उनले भने ।

लिचिको पकेट क्षेत्र मानिने पालुङटार नगरपालिका वडा नम्वर ६ पौवाटार, ७ च्याङली र ८ धुवाकोटलाई समेटर अहिले ब्लक संचालन गरिएको छ । ब्लकमा तीन हजार देखि ३५ शय रोपनी क्षेत्रफल समेटिएका छन् । ब्लक संचालनका लागी संयुक्त लिचि ब्लक संचालन समन्वय समिति पनि गठन गरिएको छ । समितिमा २० वोट भन्दा बढी लिचि लगाउने करिव २ शय जना कृषक छन् । ब्लक क्षेत्रबाट बार्षिक करिव १०÷१२ करोडको लिचि बिक्री हुने गरेको समितिका अध्यक्ष समेत रहेका गुरुङ बताउछन् ।

आम्दानी हुने भएपछि लिचि खेती तर्फ कृषकहरु पनि आकर्षित छन् । ‘यहाँ खेति भयो भने धान, मकै हुने हो तर भनेजस्तो उत्पादन र आम्दानी हुदैन, त्यसैले धेरैले लिचि खेती गर्न थाल्नुभएको छ,’ उनले भने । तर कोभिडका कारण गत र यस बर्ष बिक्री गर्न समस्या भएको किसानहरुको गुनासो छ । लिचि कृषकलाइ लक्षित गरी सो ठाउँमा कोल्ड स्टोर र जुस फ्याक्टूी खोल्न स्थानीयले माग गरेका छन् । सिंचाइ सुविधा पनि सहज नभएको उनीहरुको गुनासो छ । सो क्षेत्रमा उत्पादन हुने लिचि पोखरा, दमौली लगायतका ठाउँमा बिक्री हुने गर्छ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda